काठमाडौं । गतसाता सेयरबजार उतारचढावबीच घटेर बन्द भयो । खासगरी नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने हल्लाले बजार प्रभावित भएको थियो । अघिल्लो साता अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा १२ करोडको सीमा हटाउने सम्बन्धमा सहमति भएकोे खबर सार्वजनिक भएपछि बजार बढेको थियो । तर, केन्द्रीय बैंकले निर्णय गर्न ढिलाइ गर्दा गतसाता बजार घट्न पुग्यो ।
पछिल्लो समय सेयरबजारका लगानीकर्ता राष्ट्र बैंकले लिन सक्ने नीतिगत विषयहरुबाट बढी प्रभावित हुने भन्दै पर्खर हेरको स्थितिमा छन् । राष्ट्र बैंकले १२ करोडको सीमा संशोधन गरी बढायो भने बजारमा सकारात्मक प्रभाव पर्ने देखिन्छ । यसले व्यक्तिगत लगानीकर्तालाई सिधा फाइदा पुग्नेभन्दा बजारको मनोविज्ञान सकारात्मक बन्ने र माग पक्ष बलियो भई बजार बढ्ने अनुमान लगानीकर्ताको छ ।
राष्ट्र बैंकका अधिकारीहरुले पनि सेयर धितो कर्जाको क्याप बढाउने र जोखिमभार घटाउने विषयमा अध्ययन भइरहेको बताएका छन् । सम्भवतः मौद्रिक नीतिको त्रैमासिक समीक्षामार्फत यो व्यवस्थामा परिमार्जन हुनसक्ने आकलन गरिएको छ ।
अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत भएका बेला आन्तरिक बजार चलायमान बनउने गरी नीतिहरु लिन राष्ट्र बैंकमाथि सरकार, प्रम्ुख प्रतिपक्षी दल र निजी क्षेत्रबाट दबाब बढेको छ । वित्तीय प्रणालीमा निक्षेप बढे पनि कर्जा प्रवाह बढ्न सकेको छैन । ब्याजदर महँगो भएकाले पनि कर्जाको माग न्यून छ । यसले बजार चलायमान बन्न सकेको छैन । यही कारण लगानीकर्ताले सेयरबजार तथा घरजग्गामा कारोबार बढाउन सकिरहेका छैनन् ।
सेयर लगानीकर्ताले सेयरबजार बढ्न नसक्नुमा राष्ट्र बैंकले सेयर कर्जामा लगाएको १२ करोडको सीमा र ५० लाख रुपैयाँभन्दा बढीको सेयर धितो कर्जामा एक सय ५० प्रतिशतको जोखिम भारलाई प्रमुख कारण मान्दै आएका छन् । यो व्यवस्थाले लगानीकर्ताको मनोविज्ञानमा नै असर पारेको देखिन्छ ।
अहिले लाभांश सिजन पनि हो । तर, धेरै कम्पनीले राम्रो लाभांश दिने सम्भावना कम देखिएकाले बजार प्रभावित हुने देखिन्छ । बजारमा सेयरको माग नै कम भएपछि बजार घटेको कतिपयको विश्लेषण छ । गतसाता पनि नेप्से परिसूचक एक दशमलव २६ प्रतिशत अर्थात् २५ दशमलव ४८ अंकले घटेर दुई हजार चार दशमलव तीन विन्दुमा बन्द भएको छ । गतसाता सात अर्ब ८० करोड रुपैयाँको तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता सेयर किनबेच भएको छ ।
एसियन हाइड्रोपावरको सेयरमूल्य सबैभन्दा धेरै ३० दशमलव ५६ प्रतिशतले बढेको छ । त्यसपछि हिमालयन लघुवित्तको १९ दशमलव ६८ प्रतिशतले बढेको छ । शुभम् पावरको सेयरमूल्य सबैभन्दा धेरै १९ दशमलव ८१ प्रतिशतले घटेको छ । सबैभन्दा धेरै कारोबार सन नेपाल लाइफ इन्स्योरेन्सको ३२ करोड ५८ लाख रुपैयाँको कारोबार भएकोे छ ।
क्याटेगोरी : शेयर बजार
ट्याग : #Page 1
ताजा अपडेट
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया