Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठप्रविधि / शिक्षाइक्यानले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने

इक्यानले ५० जना विद्यार्थीलाई छात्रवृत्ति दिने


काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ(इक्यान)ले ५० जना नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने भएको छ । संघको ‘स्टडी इन नेपाल’ अभियानअन्तर्गत सामाजिक उत्तरदायित्व विभागको संयोजनमा सफ्टईडी ग्रुपअन्तर्गत सनवे कलेजसँगको सहकार्यमा सो छात्रवृत्ति प्रदान गर्न लागिएको हो ।

नेपाली विद्यार्थीका लागि यहि २०२३ नोभेम्बर सेसन तथा २०२४ को मार्च सेसनका निम्ति सूचना प्रविधि विषयको स्नातक तहमा छात्रवृत्ति प्रदान गरिने संघले मंगलबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । सनवे कलेजले स्नातकस्तरको विद्यार्थीलाई बिओस्सी अनर्स कम्प्युटर साइन्स विथ आर्टिफिसियल इन्टेलिजेन्स कोर्सका लागि छात्रवृत्ति प्रदान गर्ने बताइएको छ । कोर्सअन्तर्गत विभिन्न विधा डाटा साइन्स, आर्टिफिसियल इन्टेलिजेन्स, मेसिन लर्निङ, साइबर सेक्युरिटी, क्लाउड कम्प्युटिङ, प्रोग्रामिङ, सफ्टवेयर इन्जिनियरिङ, इनोभेसन रहेका छन् ।

साथै, एक वर्षको व्यावसायिक नियुक्ति पनि संलग्न गरिएको छ । उल्लेखित विषय अध्ययन गर्न चाहने नेपाली विद्यार्थी दुई जनालाई पूर्ण र ४८ जनालाई आंशिक छात्रवृत्ति दिने संघका अध्यक्ष शेषराज भट्टराईले जानकारी दिए ।

उनका अनुसार आंशिक छात्रवृत्ति पाउने १० जनाले ५० प्रतिशत र ३८ जनाले ३० प्रतिशत छात्रवृत्ति पाउनेछन् । यस्तै, पूर्ण छात्रवृत्ति पाउनका लागि प्लस टु मा ३.६० जीपीए ल्याएको हुनुपर्नेछ भने ५० प्रतिशत छात्रवृत्ति पाउनका लागि ३.५० जीपीए ल्याएको हुनुपर्ने बताइएको छ । ३० प्रतिशत छात्रवृत्ति पाउन ३.०० जीपीए ल्याउनुपर्ने एवम् आयल्समा समग्रमा छ स्कोर ल्याएको हुनुपर्नेछ । छात्रवृत्तिका लागि विद्यार्थीहरूले आफ्नो आवेदन स्कलरसिप एट इक्यान डट ओआरजी डट एनपीमा गई भर्न सक्ने बताइएको छ । आवेदन भर्ने अन्तिम मिति नोभेम्बर सेसनका लागि नोभेम्बर ३, २०२३ सम्म र मार्च सेसनका निमित्त फेब्रुअरी १८ सम्म तय गरिएको छ ।


क्याटेगोरी : प्रविधि / शिक्षा
ट्याग : #page 3

तपाईको प्रतिक्रिया