Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुलसुलेराष्ट्रपतिको उम्मेदवारी निर्देशित सहमती !

राष्ट्रपतिको उम्मेदवारी निर्देशित सहमती !


काठमाडौं,राष्ट्रपतिको आसन्न निर्वाचनमा दलहरु वीच निर्देशित सहमति भएको छ । भारतीय गुप्तचर रअका प्रमुख सामन्त गोयलले २०७७ साल कात्र्तिक ५ गते नेपाल आएर मध्यरातमा तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई गोप्य रुपमा भेटेर मन्त्रणा गरि स्वदेश फर्किए जस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका सल्लाहकार समूहका तरुण कपुरले गत पुस २३ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर फर्किएपछि सत्तासाझेदार एमाले र माओवादी वीच दूरी बढ्दै गएको थाहा भएको छ ।

पुष २२ गते सुटुक्क नेपाल आएका मोदीका दूत कपुरले २३ गते प्रधानमन्त्री प्रचण्डसँग लामो गोप्य भेटवार्ता गरेका थिए । उक्त वार्ता पछि प्रधानमन्त्री प्रचण्ड आफूलाई विश्वासको ममत माग्न प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको निवास पुगेका थिए । त्यसपछि कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएको बताईएको छ । कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिएपछि उनको आलोचना गर्न गगन थापा,विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतका युवा नेताहरु अहिले देउवाको उक्त प्रस्तावको पक्षमा पुगिसकेका छन् ।

गत पुस १० गते एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएका थिए । उनलाई कांग्रेसले पनि विश्वासको मत दिएको थियो । अहिले एमाले र कांग्रेससँग समानन्तर सम्बन्ध राखेर राष्ट्रपतिमा आफू अनुकुल पात्रलाई जिताउने प्रयास गरिरहेका छन् । त्यसका लागि तरुण कपुरले शुरु गरेको अभियानलाई विनयमोहन क्वात्राको भ्रमणले निरन्तरता दिएको छ । तर क्वात्राको भ्रमणपछि राष्ट्रपतिको भावी उम्मेदवारी फेरिने चर्चा चल्न थालेको छ ।

छिमेकीले आफू अनुकुल पात्र खडा गर्न प्रधानमन्त्री प्रचण्डलाई घचघचाइरहेको समाचार स्रोतले दावी गरेका छन् । यस अघि राष्ट्रपतिबाट पीडित बनेका प्रचण्डको कमजोरी समातेर छिमेकीले खेलाउने प्रयास गर्दा उनी राष्ट्रिय सहमतिको नाममा निर्देशित सहमतिमा पुग्न लागेको आभास हुन थालेको छ ।


क्याटेगोरी : सुलसुले

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x