Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनयाँ नेतृत्वले काठमाडौं विश्वविद्यालयको फोहोर सफा गर्न सकोस्

नयाँ नेतृत्वले काठमाडौं विश्वविद्यालयको फोहोर सफा गर्न सकोस्


काठमाडौं । विषयवस्तु पाठकको लागि कतिको जायज होला या नहोला तर मैले चिनेजानेको काठमाडौं विश्वविद्यालयको वर्तमान नेतृत्व यस्ता व्यक्तिले सम्हाल्नुभएको छ, जसले त्यही विश्वविद्यालयमा कुनै समय विद्यार्थी भएर पनि चिनिनुभयो, विद्यार्थीकालको महत्वपूर्ण समय त्यहीँ बिताउनुभयो साथै सोही विश्वविद्यालयमार्फत विदेशी विश्वविद्यालयमा छात्रवृत्तिमार्फत उच्च शिक्षाको डिग्री हासिल गर्नुभयो । त्यही विश्वविद्यालयको कुनै दिन प्राध्यापन पेसामा प्राध्यापक बनेर पनि चिनिनुभयो र एक अब्बल प्राध्यापक पनि बन्नुभयो । त्यस्तै, विश्वविद्यालयको इन्जिनियरिङ फ्याकल्टीको एसोसियट्स डिन, रजिस्ट्रार हुँदै हाल विश्वविद्यालयको उपकुलपतिको पदमा रहेर विश्वविद्यालयलाई नेतृत्व दिइरहनु भएका व्यक्तित्व हुन् प्राध्यापक डाक्टर भोला थापा । जो विषयवस्तुको हिसाबले इन्जिनियर अर्थात् हाइड्रोपावर इन्जिनियर विशेषज्ञ पनि हुनुहुन्छ ।

भारत र नर्वेको विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयबाट उच्च तहको अध्ययन पूरा गर्नुभएका प्राडा थापा काठमाडौंको बानेश्वरमा जन्मिएका हुन् । मध्यम वर्गीय परिवारमा हुनुहुन्थ्यो । मध्यम वर्गीय परिवारमा जन्मिएर पनि आफ्नो अध्ययन, अध्यापन र प्राध्यापक पेसालाई निरन्तरता दिँदै जो आज काठमाडौं विश्वविद्यालयको उपकुलपतिको पदमा पुग्नुभयो । जुन तुलनात्मकरूपमा अहिलेसम्म नेपालको परिवेशमा यसअघि उहाँको विषयमा प्राध्यापक हुने र उहाँको उमेरमा विश्वविद्यालयलाई नेतृत्व तह अर्थात् उपकुलपति पदमा आसीन हुन पुग्ने आजसम्मको मितिमा सायदै कम नै होला ।

विक्रम सम्बत् २०४८ सालमा स्थापित काठमाडौं विश्वविद्यालय प्रारम्भमा निजी क्षेत्रबाट स्थापित भन्ने यदाकदा सुनिय पनि काठमाडौं विश्वविद्यालय एक स्वशासित, अविछिन्न, नाफारहित पब्लिक संस्था हो । संस्थाको स्थापनाकालमा नेतृत्वमा रहनुभएका उपकुलपति सुरेशराज शर्मा र रजिस्ट्रार सिताराम अधिकारीहरूले धेरै उताव चढाव र अप्ठ्यारा मोडहरू छिचोलिँदै पार लगाउँदै एकदमै गुणस्तर र रोजगार मुलुक शैक्षिक जनशक्ति उत्पादन गर्न आधुनिक शिक्षाको पठनपाठन गराउने विश्व बजारमा रोजगारीको हिसाबले प्रतिस्पर्धी जनशक्ति तयार गर्ने अभिप्रायले रेसिडेन्सियल विश्वविद्यालय त्यसमा जतिसुकै फ्याकल्टी तय गरी अध्ययन अध्यापन गराए पनि जम्मा विद्यार्थी संख्या भने २२ सयको हाराहारीमा मात्रै सीमित रहनेछ भनि खोलिए पनि हाल विभिन्न कलेजहरूलाई विभिन्न विधा र विषयमा अध्यापन गर्न गराउन अनुमति पनि दिएको छ । त्यसमा पनि अतिआवश्यक, व्यावसायिक र देशमा दक्ष जनशक्ति उत्पादन हुने खालको विधाहरूमा अनुमति दिएको जस्तो स्वास्थ्य क्षेत्र, कानुन, हाइड्रोपावर इन्जिनियरिङ, कर्मसियल विधाहरू छन् । यस विश्वविद्यालयको मुख्य उद्देश्य विद्यार्थीहरूलाई उत्कृष्ट, प्रयोगात्मक अध्ययन अध्यापन गराउने ध्येयले स्थापना गरेको हो ।

काठमाडौं विश्वविद्यालय जुन ध्येय र उद्देश्यले स्थापना भएको हो त्यसको नेतृत्व स्थापनाकालको उद्देश्य मुताबिक अगाडि बढ्दै जाँदा त्यसरी चल्न भने सकेको अवस्था छैन । विश्वविद्यालयभन्दा बाहिर आमजनमानसमा र विद्यार्थीहरूमा जे देखिएको छ भित्रीरूपमा त्यसो हुन सकिरहेको छैन । स्थापना कालदेखिका नेतृत्वमा रहेका उपकुलपति, रजिस्ट्रारहरूले काठमाडौं विश्वविद्यालय आफ्नै व्यक्तिगत कम्पनीजस्तो व्यवहार गरेको देखिन्छ । शिक्षक, कर्मचारी नियुक्तिमा मनपरी गरेको अनेकौँ प्रमाण भेटिन्छ । प्रायःजसो नियुक्तिमा आफ्ना नजिकको नातेदार, भाइभतिजा, सालासाली, भान्जाभान्जीलगायतलाई नियुक्ति दिने गरियो । धुलिखेल अस्पतालको कतिपय आर्थिक मामला सञ्चालन र नेतृत्वको विषयमा धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयका बीचमा याद कदा पत्रपत्रिकामा पनि समाचारहरू आउने गरेका छन् । कहिले छुट्टै टिचिङ अस्पताल खोल्ने त कहिले अर्को विश्वविद्यालय खोल्न वा सञ्चालनमा ल्याउने यी यावत कुराले पनि विश्वविद्यालयलाई एक प्रकारको झमेला, झन्झट देखापरेको छ । अर्कोकुरा मुलुकको राजनीतिक, नेतृत्वको तहका मानिस अथवा राज्यको राष्ट्र प्रमुख, सरकार प्रमुख, दातृ राष्ट्र, दातृ निकायबाट आएका निर्देशन, पालना गर्नु, त्यस समयको विश्वविद्यालयको नेतृत्वलाई साधन, स्रोतको लागि र विश्वविद्यालय सञ्चालनका लागि नस्वीकारिरहन सक्ने अवस्था सायदै भएन छ । त्यसले गर्दा विश्वविद्यालय स्थापना गर्दाको अभिप्राय र अठोटबाट उहाँहरू विचलित हुँदै आउँदा अहिलेको विश्वविद्यालयको नेतृत्वलाई विश्वविद्यालय सञ्चालन गर्न निकै कठिनाइ भएको छ । त्यति मात्रै नभएर त्यस बेला नेतृत्वमा रहेको व्यक्ति हाल आएर पनि आफ्नो जीवनकाल धुलिखेलकै समाजमा आवास स्थानान्तरण गरी बिताउने मनसायका कारण आफू अनुकुलका संस्थाहरूमा तल्लीन अर्थात् व्यस्तता रहने र बाँकी जीवनकाललाई भाइचार, भातृत्व हुने कुरालाई मध्यनजर राखी विशेषज्ञता, पेसा, व्यवसायले अलिक व्यस्त रहनुपर्ने नेतृत्वदायी भूमिकामा रहन र प्रशासनिक कौशलता दिन नसक्ने र प्रशासनको पनि ज्ञान नभएका व्यक्तिलाई नेतृत्व तहमा ल्याएर त्यसमा पनि दुई/दुई कार्यकाल पदासिन गराइनु विश्वविद्यालयको लागि ठूलो दुर्भाग्य हुन पुग्यो । जसले गर्दा विश्वविद्यालय अझ बढी तहसनहस र अव्यवस्थित हुन पुग्यो । हुन त आज पनि विश्वविद्यालयको व्यवस्थापन राम्रो छैन । अर्थात् प्रशासनिक संरचना पटक्कै मिलेको छैन । विज्ञ समूहद्वारा अध्ययन गराउन र प्रशासनिक संरचना विशेषज्ञको राय, सुझावअनुसार पुनःसंरचना गरी व्यवस्थित नगरेसम्म काठमाडौं विश्वविद्यालय केन्द्रीय कार्यालयको प्रशासनिक संरचनाले आउने दिनमा जस्तो हुनुपर्ने हो त्यस्तो राम्रो हुन सक्दैन । यस्तो अवस्थामा काठमाडौं विश्वविद्यालयको नेतृत्व यसमा पनि प्रारम्भदेखिका जग्गा विवादका समस्या झेल्दै काठमाडौं विश्वविद्यालयले विभिन्न सरोकारवालाहरूसँगको सम्झौताले सिर्जना गरेको झमेलाहरू झेल्दै धुलिखेल अस्पताल र काठमाडौं विश्वविद्यालयको बीचका अनावश्यक टर्चर, झन्झट दिन सिर्जना गरिएका बेतुकका समस्याहरू झेल्दै अहिलेको नेतृत्वले विश्वविद्यालयलाई विश्वविद्यालयझै राख्न प्रयासरत देखिन्छ । प्रयासरत देखिने मात्र होइन प्राडा भोला थापाको काठमाडौं विश्वविद्यालयको विद्यार्थीदेखि प्राध्यापक, डिन, रजिस्ट्रार हुँदै उपकुलपतिसम्म हुँदाको अनुभव उहाँको उमेर, जोश, जागर र अहोरात्र खटाइले काठमाडौं विश्वविद्यालयलाई विश्वविद्यालयजस्तो रहन र बच्न सकेको छ । काठमाडौं विश्वविद्यालय आजका दिनमा विगतका कुडाकर्कट अर्थात् फोहर सफा गर्दै अगाडि आएका सबै समस्याहरूको निराकरण गदै कसैसँग रिस राग र द्वेष नराखी नदेखाई काठमाडौं विश्वविद्यालयमा नयाँनयाँ शैक्षिक कार्यक्रमहरू र विश्वका स्वभ्रान्त र आधुनिक शिक्षामा तत्कालीन विभिन्न मुलुकका विश्वविद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने विश्वविद्यालय बन्नुपर्ने देखिन्छ । अझ सफलता विश्वविद्यालयलाई मिलोस् भन्ने समग्र विद्यार्थी, कर्मचारी, प्राध्यापकदेखि नेपाली जनतामा आशा, भरोसा र शुभकामना रहेको छ र उहाँले नै विश्वविद्यालयलाई अर्को नयाँ उचाइमा पुर्याउनु हुनेछ भन्न सबैको आशय रहेको छ । त्यति मात्रै होइन कि आगामी दिनमा काठमाडौं विश्वविद्यालयलाई नेपालमा एक सबल, सक्षम र उत्कृष्ट विश्वविद्यालय बनाउन सक्ने एक मात्र व्यक्ति हुन प्राडा भोला थापा । यसले पनि प्राडा भोला थापा नै सफल, कुशल नेतृत्वकर्ता हुन् भन्ने मलगायत आम जनमानसमा लाग्नु स्वाभाविक नै हो । (लेखक : हाल कर्मसियल ल विषयमा एलएलएममा अध्ययनरत छन्)


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया