Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगविश्व पर्यटन र त्यो तीन वर्षे ‘सकस !’

विश्व पर्यटन र त्यो तीन वर्षे ‘सकस !’


काठमाडौं । केही समयअघि आएको समाचारअनुसार सन् २०२४ को मार्च महिनामा नेपालमा एक लाख २८ हजार एक सय ६७ जना विदेशी पर्यटकहरू भ्रमण गर्न आएका छन् । गएको फेब्रुअरी महिनामा चाहिँ ९७ हजार चार सय २६ जना विदेशी पर्यटकहरू नेपाल भ्रमणमा आएका थिए । त्यस्तै, सन् २०२४ कै जनवरी महिनामा पनि ७९ हजार एक सय जना विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । यसरी हेर्दा यही रफ्तारमा विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएमा सन् २०२४ मा नेपालमा सन् २०२४ मा कम्तीमा पनि १४ लाख ५०–६० हजारदेखि १५ लाख ३०–४० हजारसम्म (बढीमा १६ लाख) संख्या पुग्ने ? अनुमान गर्न सकिन्छ । नेपाल सरकारले तुरुन्तै अन्तर्राष्ट्रिय हवाई उडानको व्यवस्था गर्न–अन्तर्राष्ट्रिय हवाई उडान थप्न सके साढे १७ लाखदेखि १८ लाखसम्म विदेशी पर्यटकको संख्या पुग्न सक्ने सम्भावना देखिन्छ । तत्कालै त्यो सम्भावना देखिँदैन ।

जे भए पनि सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको हुपेई प्रान्तको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि त्यसको अत्यन्तै नराम्रो असरस्वरूप सन् २०२० र सन् २०२१ विश्वभरि धेरै कम संख्यामा मात्रै पर्यटकहरूले पयर्टक भई भ्रमण गरेका थिए । तर सन् २०२२ मा भने विश्व पयर्टनले गति लिन थाल्यो । यसरी सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि विश्वभरिका मानिसहरूले एक–अर्को देशमा आफूले चाहेजसरी यात्रा गर्न पाएनन् । फलतः सन् २०२०, सन् २०२१ र २०२२ मा विश्वव्यापी पर्यटन उद्योगले ठूलो क्षति व्यहोर्नुपर्यो । नेपाली पर्यटन क्षेत्रको त झन् के कुरो गराइ भो ? त्यसैले नेपाली पर्यटन उद्योगले पनि ठूलो स्केलमा क्षति व्यहोर्यो, तीन वर्षे कोरोनाकालमा ।

२०१९ को डिसेम्बर अन्तिमताका उत्तरी छिमेकी देश चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘कोभिड–१९’ विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भएपछि, त्यसले विश्व अर्थतन्त्रलाई नै ‘डामाडोल स्थिति’मा पुर्याएको थियो । जुन कुरो विश्वका कुनै पनि सरकार प्रमुख, राज्य प्रमुख र भाइरल रोग विज्ञहरूले समेत त्योस्तरमा आर्थिक संकट आउने र विश्वभरि सन्नाटा छाउने स्थिति निर्माण हुने सोचेका थिएनन् होला । हुन पनि त्योबेला केसम्म भयो भने, कोभिड–१९ फैलन सुरु भएपछि विश्वको समग्र अर्थतन्त्र र अर्थव्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको पर्यटन उद्योग कम्तीमा पनि ८८/९० प्रतिशतदेखि ९४/९६ प्रतिशतले चल्नै नसक्ने अवस्थामा पुगेको थियो । यसरी कोभिड–१९ ले बिस्तारैबिस्तारै विश्वव्यापी महामारीको रूप लिएपछि तत्कालै विभिन्न देशका सरकार प्रमुखहरूले एक देशबाट अर्को देशमा जाने यात्रुहरूलाई (हवाईजहाज, रेल, बस, कार, जिप आदि यात्रामाथि) प्रतिबन्ध लागाउन थाले । जसले गर्दा हवाई यातायात, रेल, बस, कार, जिप व्यवसायी र होटल व्यवसायीहरूले नराम्रोसँग मार खानु पर्यो । हेर्दाहेर्दै विश्व नै एक किसिमले सुनसान (श्मशान) बन्न पुग्यो ।

भलै त्योबेलाका केही देशका उग्रराष्ट्रवादी नेता तथा सरकार प्रमुखहरूचाहिँ ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९ नाम दिइएको)लाई ‘यो केही पनि होइन, सामान्य भाइरस हो यो चाँडै हट्छ’ भनी मनगडन्ते ढंगले ‘अन्डर–माइन्ड’ गरिरहेका थिए, खिल्ली उडाएका थिए । जबकि ‘नोभेल कोरोना भाइरस’ तत्काल हटेर जानुको सट्टा झनै फैलिँदै गएर विश्वव्यापीरूपमा महामारीको रूप लिएको थियो । अहिले पनि तथ्याङ्क हेर्दा विश्वमा ७० करोड ४५ लाख २१ हजार पाँच सय १५ जनामा (कोभिड–१९) देखिएको छ भने ७० लाख आठ हजार सात सय ६६ जनाले (कोभिड–१९) का कारण आफ्नो अमूल्य जीवन गुमाएका छन् । त्यस्तै ६७ करोड ५३ लाख ७२ हजार ५७ जना पूर्णरूपमा निको भएर घर फर्केका छन् । भनिन्छ, एक समयमा ८७ करोड मानिसहरू कोरोना भाइरसको महामारीको प्रकोपमा परेका थिए । तथ्याङ्क स्रोतः वोर्ल्डो मिटर ।

जसरी सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी सरह वुहानबाट सुरु भएको ‘नोभेल कोरोना भाइरस’ (पछि कोभिड–१९) ले जसरी विश्वव्यापीरूपमा महामारीका रूपमा फैलन सुरु भयो, त्यसले विश्व पर्यटन क्षेत्रमा खर्बौं–खर्ब डलरको क्षति भयो भने, मूल्य तोक्न नसकिने मानव पुँजीको पनि ठूलो क्षति हुन पुग्यो । त्यतिले मात्रै नपुगेर त्योबेला विश्वमै एक किसिमको मुर्दा शान्तिको स्थिति पैदा भयो । फलतः विश्व पर्यटनमा सोच्दै नसोचेकोस्तरमा ‘डाउन–फल’ भयो । बल्ल सन् २०२३ मा आएर विश्व पर्यटन क्षेत्रमा ‘अप–राइज’ सुरु भएको संकेत मिल्दैछ । किनभने सन् २०२३ मा नौ सय १५ मिलियन पर्यटकहरूले विश्वका विभिन्न देशको भ्रमण गरेका छन् । हुन त सन् २०२२ पनि नौ सय मिलियन अर्थात् ९० करोड पर्यकटहरू विश्व भ्रमण गर्न निक्लेका थिए । जबकि सन् २०२१ मा चाहिँ केवल छ सय ६७ दशमलव ७३ मिलियन पर्यटकले विश्व भ्रमण गरेका थिए । अझ सन् २०२० मा त चार सय १५ मिलियन पर्यटकले मात्रै विश्वका विभिन्न देशको भ्रमण गरेका थिए । तथ्याङ्क हेर्ने हो भने सन् २०१९ मा एक दशमलव पाँच बिलियन अर्थात् एक अर्ब पाँच करोड पर्यटकहरू विश्व भ्रमण गर्न निक्लेका थिए ।

नेपालमा पनि सन् २०१९ मा नेपालको पर्यटन इतिहासमा हालसम्मकै धेरै विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । स्मरणीय छ, सन् २०१९ मा (झण्डै १२ लाख) ११ लाख ९७ हजार एक सय ९१ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । तर सन् २०२० मा भने केवल दुई लाख ३० हजार ८५ जना विदेशी पर्यटकहरूले मात्रै नेपाल भ्रमण गरेका थिए भने सन् २०२१ मा त केवल एक लाख ३१ हजार विदेशी पर्यटक मात्रै नेपाल भ्रमण गर्न आएका थिए । तर सन् २०२२ मा लगभग दुई डबलले बढेर छ लाख १४ हजार एक सय ४८ जना विदेशी पर्यटकहरूले नेपाल भ्रमण गरेका थिए । सन् २०२३ मा त १० लाख १४ हजार चानचुन विदेशी पर्यटकहरू नेपाल भ्रमण गर्न आएका थिए । यसरी हेर्दाखेरि नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटको संख्या बढी रहेको भए पनि उनीहरूले नेपालमा रहँदा, बस्दा गर्ने खर्चको सीमा कसरी बढाउने ? भन्ने विषयका साथै उनीहरूको नेपाल बसाइ अवधिलाई कसरी बढोत्तरी गर्न सकिन्छ ? भन्ने सम्बन्धमा पनि हामीले विचार–मन्थन सुरु गर्नुपर्ने देखिन्छ ।

अबचाहिँ हामीले भविष्यमा त्यो तीन वर्षे (सन् २०२०, सन् २०२१ र २०२२) कोजस्तो ठूलो र विश्वव्यापीरूपमा कुनै पनि महामारीको सामना गर्न नपरोस्, अझ त्यसमा पनि पर्यटन क्षेत्रमा ठूलो स्केलमा क्षति व्यहोर्न नपरोस् भन्ने कामना गरौं ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया