Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगनेपालमा सिँचाइका स्रोतहरू, समस्या र समाधानका उपायहरू

नेपालमा सिँचाइका स्रोतहरू, समस्या र समाधानका उपायहरू


काठमाडौं ।
शरीरमा रगतजस्तै कुनै देशलाई जीवन प्रदान गर्ने त्यस देशको जल प्रणाली हो । नेपालको जल प्रवाह व्यवस्थालाई यहाँको प्राकृतिक स्वरूपले निकै प्रभाव पारेको छ । नेपालमा छ हजार नदीहरू छन् । जसमा प्रवाहित जलमध्ये ८० देखि ८५ प्रतिशत वर्षमा बग्दछन् । पूर्ण लम्बाइ ४५ हजार किलोमिटर छ । नेपालमा ११ किलोमिटरभन्दा लामा नदी एक हजारवटा छन् । एक सय ६० किलोमिटर लामा नदीहरू एक सयभन्दा बढी छन् । यहाँ २५ देखि पाँच सय किलोमिटर लामा नदीहरू छन् । सम्पूर्ण नदीहरूको अनुमानित लम्बाइ चारदेखि पाँच हजार किलोमिटर बहाब क्षेत्र समेट्दछन् ।

नेपालका नदीहरूमा वर्षेनी एक सय ७० अर्ब क्यूविक मिटर जल प्रवाहित हुन्छ । नेपालको पूरा भू–भागलाई एक दशमलव दुई मिटर गहिरो पोखरी बनाउन पुग्दछ । सुख्खा मौसममा नेपाल हिमालय पग्लिएर बगेका पानीले गंगा नदीमा करिब ७५ प्रतिशत जल आपूर्ति हुन्छ । गंगाको जलमा यस क्षेत्रले ५० प्रतिशत अंश आपूर्ति गर्दछ । पर्वत, पाखा र टार तथा बेंशीहरूमा पानी प्रवाहित हुन सकेका छैनन् । हिमालय र पर्वतहरूमा निर्माण गरी बहुमुखी फाइदा हाँसिल हुन सक्छ ।

तराई क्षेत्रमा नलकुपबाट जलस्रोत उपयोगमा ल्याउन सकिन्छ । कृषिका लागिव सिँचाइको अति आवश्यक छ । कृषिको विकासले नै किसानहरूको आयमा वृद्धि हुन्छ । र यिनीहरूको जीवनस्तरमा वृद्धि हुन्छ । कृषिको लागि उचित साधन भए पनि सिँचाइविना कृषि उत्पादन गर्न सकिँदैन । त्यसै कारणले एक विद्वानले ठीकै भनेका छन् । बोटबिरुवाले पानीको अभावमा माटोमा रहेको खनिज पदार्थलाई ग्रहण गर्न सक्दैन । वर्षाको पानीले मात्र भरपर्दो कृषि हुन सक्दैन । नहर, पैनी, कुलो, कुवा, पम्पसेट इत्यादि कृत्रिम साधनबाट बाली नालीमा पानी पु¥याई पानीको आवश्यकता पूरा गर्ने व्यवस्थालाई सिँचाइ भनिन्छ ।

प्रकृतिले स्वचालित रूपमा बर्षा गराए पनि कृषिको निमित्त आवश्यक पानी पूर्ति गर्न सिँचाइको जरुरत पर्दछ । आकासे वर्षाको भरमा मात्रै कृषि उत्पादन राम्रो नहुनाले वर्षैभरि समान अनुपातले वर्षा नहुनाले उत्पादनको दृष्टिलाई ध्यानमा राख्दै सिँचाइको विभिन्न तरिकाहरूलाई अपनाउनु पर्दछ । बढ्दो जनसंख्याको लागि चाहिने अधिक खाद्यान्न उत्पादन निम्ति पनि सिँचाइको त्यति नै बढी जरुरत गर्दछ ।

सिँचाइ सुविधाले धेरै प्रकारबाट कृषि उत्पादन बढाउन मद्दत पु-याउँछ । विभिन्न बालीअनुसार ठीक–ठीक समयमा खेतमा चाहिए जति पानी पु-याउने व्यवस्था भएमा बाली राम्रो भई उत्पादन बढ्ने हुन्छ । सिँचाइको राम्रो व्यवस्था नभएसम्म उन्नत बीउ र रासायनिक मलको प्रयोगबाट कृषि उत्पादन बढाउने गुन्जायस निकै सीमित हुन्छ ।

नेपालमा वर्षा पार्ने मौसमी वायु भरपर्दो लायकको छैन, किनभने यसले कहिले अत्यधिक, कहिले अल्प वर्षा गराउँछ । पानी अपुगे बाली पूरा उठ्दै र देशमा अनिकाल पर्छ । तसर्थ अनिकालबाट बचाउन र बाढी तथा पहिरो नियन्त्रण गर्नको लागि पनि सिँचाइको आवश्यकता पर्छ । नेपालको सबभन्दा ठूलो र महत्वपूर्ण प्राकृतिक सम्पदा, जल सम्पदा हो । कुनै पनि देशले आर्थिक विकास गर्न प्राकृतिक सम्पदा समुचित उपयोग गर्न सक्नुपर्दछ । देशभित्र सिँचाइ सुविधाको विस्तार गरी उपलब्ध भएको जलस्रोतको उपयोग गर्दा नेपालको आर्थिक विकासमा दरिलो टेवा पुग्ने देखिन्छ ।

कृषिमा सिँचाइ सुविधा उपलब्ध हुन गएको खण्डमा किसानहरूको प्रतिहेक्टर उत्पादन बढ्छ । उत्पादन बढेपछि किसानहरूको आयमा वृद्धि हुन्छ र तिनीहरूको आफ्नो धन पुँजीगत साधनहरूमा लगाउन सक्दछन् । पानीको अपर्याप्तताको कारणले नेपालका धेरैजसो भागहरूमा वर्षको एक बाली मात्र लगाउने चलन छ । सिँचाइको सुविधा भएमा एकै जमीनमा समय मिलाए बहुबाली लगाउन सकिन्छ ।

नेपालमा वर्षा बा-है महिना पर्दैन । यहाँ असारदेखि भदौसम्म तीन महिना मात्र मनसुनको रूपमा वर्षा हुन्छ । ९० दशमलव चार प्रतिशत पानी यसै तीन महिनाभित्र पर्छ र बाँकी नौ महिनामा केवल नौ दशमलव छ प्रतिशत पानी मात्र पर्ने हुनाले बालीको लागि पानीको अत्यधिक अभाव हुन जान्छ । देशको सबै भागमा वर्षाको मात्रा पनि समान छैन । त्यस कारणले वर्षाको अभावले गर्दा कृषिलाई धेरै नोक्सान हुनेहुँदा यस्तो समस्या सिँचाइबाट समाधान हुन सक्छ ।

सिँचाइ सुविधाले कृषि उत्पादनमा वृद्धि गर्दछ । कृषि उत्पादनमा भएको वृद्धिले प्रतिव्यक्ति आम्दानी र राष्ट्रिय आम्दानीमा समेत वृद्धि गर्दछ । अतः सरकारले कृषि उत्पादनमा कर लगाएर देशको राजस्वमा वृद्धि गर्न सक्छ । नेपालमा कतिपय बन्जर भूमि तथा डाँडाकाँडा छन्, जहाँ कृषि उपज राम्रो हुँदैन । अतः उब्जा राम्रो नहुने कारणले नै ती भूमि पर्ती तथा बाँझो रहेका छन् । यदि यथोचित सिँचाइको व्यवस्था हुन सकेमा त्यस्ता पाखा तथा बन्जर भूमिलाई आवाद गरी राम्रो बाली लिन सकिन्छ ।

नेपालमा नगदेवालीको विकास गर्नको लागि पानीको अभावले गर्दा राम्रोसँग खेती गर्न सकेको छैन । जुट, सुर्ति, उखु, तेलहन जस्ता महत्वपूर्ण नगदेवाली उब्जाउनको लागि पनि सिँचाइको जरुरत पर्दछ । किनभने यी नगदेवाली नेपालका महत्वपूर्ण कच्चापदार्थ हुन् । किनभने यी निर्यातका सामान हुन् । अतः देशका महत्वपूर्ण उद्योगलाई चाहिने कच्चापदार्थको उत्पादन गर्न तथा निर्यातवृद्धिको निम्ति पनि सिँचाइको जरुरी छ ।

२०७६ फागुनसम्म कुल २६ लाख ४१ हजार हेक्टर कृषियोग्य जमीनमध्ये ६५ प्रतिशत अर्थात १४ लाख ९७ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको छ । आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म थप दुई हजार दुई सय ४३ हेक्टर संघबाट भएको सिँचाइ विस्तार मात्र) क्षेत्रफलमा सतह सिँचाइ सुविधा विस्तार भएको छ । सिञ्चित क्षेत्रफलको करिब ३३ प्रतिशत जमीनमा मात्रै बाहै महिना सिँचाइ सुविधा पुगेको अनुमान छ ।

सिँचाइ आयोजना कार्यान्वयनमा गैर सरकारी र निजी क्षेत्रको संलग्नता पर्याप्त मात्रामा नभएको र कार्यान्वयन गर्ने सरकारी निकायको जनताप्रति प्रत्यक्ष उत्तरदायित्व नभएकोले आयोजनाबाट कृषकहरूले अपेक्षित लाभ प्राप्त गर्नसकेको देखिँदैन । सरकारी निकायले कार्यक्रम कार्यान्वयन गर्दा संस्थागत पक्षप्रति आवश्यक ध्यान नपु-याउँदा सिँचाइ आयोजनाहरूमा दिगोपन आउन सकेको छैन । सिँचाइ आयोजनाहरूको निर्माण, मर्मत सम्भारमा अपेक्षाकृतरूपमा जनसहभागिता जुट्न सकेको छैन र निर्मित सिँचाइ आयोजनाहरूमा मर्मतसम्भार सञ्चालन र व्यवस्थापन कार्यमा कमी कमजोरीको कारणले सिँचाइ सेवा भरपर्दो हुन सकेको देखिँदैन ।

नदीको जलाधार क्षेत्र र भूमिगत जलस्रोतको पुनरजलीय क्षेत्रमा वन जंगल विनाशको कारणले गर्दा सिँचाइ आयोजनाहरूको मुहानमा र भूमिगत जलस्रोतको भण्डारमा प्रतिकुल प्रभाव पर्नगएको छ । तराईमा सतह सिँचाइको विकाससँग भूमिगत जलस्रोतको प्रणाली आबद्ध गरी जलको संयुक्त उपयोग विकास हुन सकेको छैन । पहाडमा वर्षायामको पानी पोखरीमा जम्मा गरी पानी कम भएको बेलामा प्रयोग गर्ने सिँचाइ प्रणालीको विस्तार हुन सकेको छैन ।

वर्तमान पन्ध्रौँ योजना २०७६–२०८१ मा सिँचाइ विकास कार्यक्रम
सोच
१. दिगो एव भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराई कृषि उत्पादन र उत्पादकत्व वृद्धिमा योगदान पु¥याउने
लक्ष्य
१. कृषियोग्य भूमिमा दिगो एव भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउने ।
उद्देश्य
१. उपयुक्त प्रविधिमार्फत थप कृषियोग्य भूमिमा सिँचाइ सेवा विस्तार गर्नु,
२. ठूला जलासययुक्त तथा जलहस्तान्तरण बहुउद्देश्यीय आयोजनाको विकासगरी कृषियोग्य भूमिमा वर्षैभरि भरपर्दोरूपमा सिँचाइ सुविधा उपलब्ध गराउनु,
३. सम्पन्न सिँचाइ प्रणालीको मर्मतसम्भार एव व्यवस्थापनलाई सुदृढ तुल्यायी दिगोजना बढाउनु,

रणनीति
१. सिँचाइ विकासको गुरुयोजना र कृषि विकास रणनीतिअनुसार जलवायु परिवर्तन अनुकूलन हुनेगरी सिँचाइ योजनाहरुको विकास एवम विस्तार गर्ने,
२. नयाँ प्रविधिमा आधारित सिँचाइ विकास गर्नुको साथै सिँचाइ दक्षता वृद्धि गर्ने,
३. संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यमा सिँचाइ प्रणालीको विकास गर्ने तथा बाहै्र महिना सिँचाइ सेवा उपलब्ध गराउनका लागि ठूला बहुउद्देश्यीय, अन्तरजलाधार र जलासयुक्त आयोजनालाई प्रथामिकताका साथ अघि बढाउने ।
४. भूमिगत सिँचाइ योजनाको विस्तार सहत उपयोगमा जोड दिने ।
५. सिँचाइ प्रणालीको मर्मतसम्भार एवं दिगो व्यवस्थापनको लागि स्रोतसहित उपभोक्ता सहभागिता सुनिश्चित गर्ने,
६. नीतिगत सुधार एवं विद्यमान संस्थागत संरचनाको क्षमता र जनशक्तिको दक्षता अभिवृद्धि गर्ने,

नेपालमा सिँचाइ विस्तारमा मन्दता हुनु, भएका सुविधालाई सामाजिक वस्तुको रूपमा लिइने परम्पराले गर्दा सिँचाइ प्रणालीहरूको उचित मर्मतसम्भारमा कृषकको सहभागिता नहुनु अप्रत्यासित रूपमा आउने बाढी पहिरोले सिँचाइ संरचना तथा सिञ्चित क्षेत्रमा क्षति पुग्नेजस्तो कारणहरूले कृषि क्षेत्रको मौसममाथिको निर्भरता विद्यमान रहेको छ ।

कृषि क्षेत्रको मौसममाथिको निर्भरता विद्यमान रहेकोले कृषिबालीको उत्पादन तथा उत्पादकत्व बढ्न सकेको छैन भने सिञ्चित क्षेत्रमा समेत सघन कार्यक्रमहरू पर्याप्त मात्रामा लान सकिएको छैन । हालसम्म विकसित पूर्वाधारहरूले कुल विकास भएको सिञ्चित क्षत्रेको ३७ प्रतिशत क्षेत्रमा मात्र वर्षैभरि सिँचाइ सुविधा पु¥याउन सक्षम भएको कुराले यसलाई पुष्टि गरेको पाइन्छ ।

बढ्दो जनसंख्याको चाप तथा बाली विविधीरकणका लागि हाल देखापरेको कृषकहरूको चाखलाई समेत दृष्टिगत गर्दा वर्षैभरि सिँचाइ सुविधा पु¥याउन सक्ने खालको प्रविधिको क्रमिकरूपमा विकास गर्दै लग्न र उपलब्ध संरचनाहरूको अधिकतम उपयोग गर्नेतर्फ जोड दिन आवश्यक भएको छ । सिँचाइ आयोजनाहरूको निर्माण सञ्चालन तथा मर्मतसम्भारमा अपेक्षाकृतरूपमा जनसहभागिता जुट्न सकेको छैन ।

निर्मित सिँचाइ योजनाहरूमा मर्मतसम्भार सञ्चालन र व्यवस्थापन कार्यमा कमजोरीको कारणले सिँचाइ सेवा भरपर्दो हुन सकेको छैन । जनउपयोग क्षमता अपेक्षाकृत कम भएकोले सतह र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट लक्षित कमाण्ड क्षेत्रमा सिँचाइ सेवा पुग्न सकेको छैन । यसको साथसाथै नदीको जलाधार क्षेत्र र भूमिगत जलस्रोतको पुनर्जलीय क्षेत्रमा जंगल विनाशको कारणले सिँचाइ आयोजनाहरूको मुहानमा र भूमिगत जलस्रोतको भण्डारमा प्रतिकुल प्रभाव पर्नेगरेको पाइन्छ । वर्षभरि नै पानीको स्रोत उपलब्ध हुन सक्ने र नसक्ने सिँचाइ प्रणालीहरू पहिचान गरी सोअनुरूप कृषि कार्यक्रम सञ्चालन गर्न सकेको छैन ।

सिँचाइ प्रणालीहरूको उचित मर्मतसम्भार नहुनु, स्यालो ट्यूबवेलको अपेक्षित विकास नहुनु अप्रत्यासितरूपमा आउने बाढीपहिरोले सिँचाइ संरचना तथा सिञ्चित क्षेत्रमा क्षति पुग्नु कृषि र सिँचाइबीच समन्वयको कमीले सिँचाइ सुविधाबाट उत्पादकत्वमा अपेक्षित वृद्धि हुन नसक्नु यस क्षेत्रका प्रमुख चुनौतीहरू हुन् । सिँचाइ सेवा शुल्क असुलीको समस्या समाधानमा सुधार आएको छैन ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया