Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगखच्चड उत्पादन : एक पशुपालन उद्यम

खच्चड उत्पादन : एक पशुपालन उद्यम


काठमाडौँ ।

घोडा खच्चड प्रजाति सौरव एवं परिवहनका लागि एउटा महत्वपूर्ण पशु मानिन्छ । जसका कारण ग्रामीण अर्थव्यवस्थामा एउटा महत्वपूर्ण निर्वाह गर्दछ । देशको दुर्गम क्षेत्रका सीमान्तकृत बर्जका लागि आयआर्जनको प्रमुख स्रोत मानिन्छ । स्वच्छ घरायसी व्यापारिक निर्माण सामग्री ओसारपसारका लागि परिवाहनको लागि प्रयोग गरिने गरिन्छ । हाम्रो आफ्नो परिवेशमा सुदूरपश्चिमको दार्चुलादेखि सुदूरइलामसम्मका विकट पहाडी भेगमा उपरोक्त परियोजनको लागि प्रयोग गरिएको पाइन्छ । यद्यपि जिल्लाका सदरमुकामसम्म तथा ग्रामीण सडक सञ्जालले जोडिए पनि बाढीपहिरोले सडक अवरुद्ध गर्दा यी खच्चड नै त्यस क्षेत्रका लागि परिवहनको एक मात्र विकल्प मानिन्छ । माथि उल्लिखित भौगोलिक क्षेत्रमा करिब १३÷१४ हजार खच्चड परिचालित छन् ।

आजसम्म गैरसैनिक क्षेत्रमा प्रयोग गरिने खच्चडहरू भारतीय क्षेत्रबाट खरिद गरी ल्याइने गरिन्छ । खच्चड भाले गधा र घोडीको प्रजनन गराएर जन्मिने वर्ण सङ्कट मानिन्छ । राम्रो गुणस्तरको घोडीहरू खच्चडहरूको उच्चवर्गीकृत उत्पादनको लागि उपयोग गरिनुपर्दछ, यद्यपि आजका खच्चड उत्पादनमा प्रयोग गरिएका घोडीहरूको कुनै निश्चित प्रकार वाजात हँुदैन र यिनको आकार स्वभाव फरक हुन्छ । गति, शक्ति र घोडाको भावना र लड्ने, कम उत्तेजित हुने तथा कम गुणस्तरको दाना आहारमा बाँच्ने हुर्केने क्षमतायी खच्चडमा हुन्छ । घोडा प्रजाति तथा गधा प्रजातिमा बेग्लाबेग्लै गुणसूत्र हुनेगर्दछ र यिनको प्रजननबाट जन्मिने वर्णशंकर खच्चडमा बाबुआमाको बीच मध्यवर्ती गुण सूत्र हुनेहुँदा खच्चडहरू आजीवन बाँझो रहन्छन् ।

खच्चडहरूको रूपात्मक विशेषताहरू
खच्चडको जन्म घोडा तथा गधा दुवै प्रजातिको श्रेष्ठ गुणहरूको संयोजनमा भर पर्दछ । खच्चडहरूको उचाइ एक सय ५५ देखि एक सय ७२ सेन्टिमिटर तथा शारीरिक तौल चार सय ५० देखि छ सय ५० केजीसम्म हुन्छ । आदर्श खच्चड एउटा कसिएको जिउडाल भएको पछाडिको भाग सानो, बलियो तथा प्रशस्त मांशपेशीका साथै चम्किला खुट्टासहितका हुने गर्दछन् ।

छाती फराकिलो खाडिएको र भरिएको मुटुको परिधि महत्वपूर्ण हुन्छ । चाक्लो टाउको, लामो कान खुट्टा चारकुने आकृति बनाएको, पिन्डुला मध्यमलम्बाई भएको, शक्ति र एक वाञ्छनीय कोणयुक्त हुने गर्दछ । बलियो खुट्टा कुरकुचामा व्यापक र अग्लो हुनुका साथ अवतल पैँताला हुनेगर्दछ । खच्चडको कान प्रायजसो गधाको भन्दा सानो तर तुलनात्म्करूपमा घोडाको कानभन्दा ठूलो हुन्छ । खच्चडको शारीरिक बनोट एकप्रकारले आमाबाबुको दुवैको लक्षण संयोजनबाट हुन्छ । खच्चडको रौँ टाउकोमा एउटा सानो र झुप्पो गर्दनमा बाक्लो रौँ र घोडाको जस्तो पुच्छर हुन्छ । खच्चडको रंग घोडा या गधामध्ये कुनै एकजस्तो पनि हुनसक्छ र कहिलेकाहीँ अनौठौ किसिमले बदलिएको पनि हुनसक्छ ।

खच्चडको उपयोग :
खच्चडहरूलाई खासगरी भारी बोकाउने उद्देश्यले उत्पादन गरिन्छ । खच्चडहरू विशेषगरी विकट ठाउँसहित, दुर्गम पहाडहरूमा सामानका भारी ओसार्न परिवहनको लागि सबैभन्दा उपयोगी पशु मानिन्छ । यिनीहरूको वर्णशंकर तागतका एउटा समान आकारको घोडाको तुलनामा यिनीहरूमा बढी बलवान् हुनेगर्दछ । जसका कारण यिनले बढी तौल तुलनामा यिनीहरू बढी बलिष्टता हुनेगर्दछ । जसकाकारण यिनले बढी तौल बोक्न सक्छन् ।

उन्नत खच्चड उत्पादन
आज हामीकहाँ प्रयोगमा ल्याइएका खच्चडहरू अग्लाइ र तागत कम तथा कमजोर अनुवांशिक बनोट भएका छन् । अनुवांशिकरूपमा सुधार गरिएका तीन महिनादेखि चार महिनाका खच्चडको मूल्य बजारमा ३२ हजारदेखि ४८ हजारसम्म पर्दछ ।

नस्ल सुधार गरिएका गधाबाट प्रजनन गराई खच्चड उत्पादन गरी आफ्नो आयस्रोत वृद्धि गर्न सकिन्छ । यसका लागि आज पनि हाम्रो देशमा खच्चड परिचालित हुन्छन् यी सबै भारतको राजस्थान प्रान्त अवस्थित विकानेर, रण मुकतेश्वर गठमुकतेश्वरमा घोडा, गधा, खच्चडको नियमित लाग्ने हाटबजार तथा वार्षिक मेलाबाट व्यापारीले खरिद गरी सीमावर्ती विभिन्न प्रान्तका बजारमा कुलाउँदै हाम्रा दक्षिणी भागसम्म आपूर्ति हुनेगरेको देखिन्छ ।

यसरी पूर्णरूपले भारी बोक्न सक्षम खच्चडको सरदर मूल्य ८० हजारदेखि एक लाखसम्म पोल्नेगरेको पाइएको छ । यसबाहेक जुम्ला हुम्लाका घोडापालक किसानहरू आफ्ना घोडीबाट खच्चड उत्पादन गराउन हिउँदमा तराई क्षेत्रमा ल्याइ इँटा ढुवानी प्रयोजनका लागि प्रयोग गरिने गधाबाट प्रजनन गराउने परम्परागत प्रचलनमै सीमित छन् । बरु यसको साटो उन्नत अनुवांशिक सुधार गरिएका विदेशी गधाको प्रयोग वा कृत्रिम गर्भाधन विधिबाट खच्चड उत्पादन गरिने हो भने हाम्रा विकट उच्च पहाडी क्षेत्रमा पशुपालन क्षेत्रमा एउटा नयाँ उद्यमको सुरुवात तथा आयआर्जनको नयाँ स्रोत हुनसक्ने सम्भावना यसले बोक्नसक्छ । त्यसतर्फ हाम्रो ध्यान अझै पुग्ननसकेको तीतो यथार्थ सरकारीस्तरबाट सञ्चालित हिमाली आयोजनाको कार्यक्रम हेरे पुग्छ ।


क्याटेगोरी : विचार / ब्लग

तपाईको प्रतिक्रिया