Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविचार / ब्लगवाह ! यही हो तिम्रो राष्ट्रप्रेम ?

वाह ! यही हो तिम्रो राष्ट्रप्रेम ?


काठमाडौं । लामो समय विदेशमा बसेर काम गरेका एकजना युवा स्वदेश फर्किएर राष्ट्रको सेवामा लाग्दा कसको मन खुसी हुँदैन र ? हुनु पनि पर्छ । जो जस्तो भए पनि मानिसको मनमा राष्ट्रप्रेम त हुन्छ नै । धनीका मनमा कम होला, सर्वसाधारण नागरिकको मनमा असाध्यै हुन्छ । राष्ट्रप्रेमको भावना दुईतिहाइ निकटको केपी ओली नेतृत्वको नेकपाको सरकारको पतनपछि बनेको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले पुँजीबजार नियमन गर्ने धितोपत्र बोर्डको कार्यकारी अध्यक्षका लागि दरखास्त आह्वान ग-यो । त्यसमा थुपै्र महिला पुरुषले आवेदन गरे । तीमध्येका एक थिए रमेश हमाल । उनी कैलालीका पूर्वबासिन्दा हुन् । किन पूर्वबासिन्दा भनिएको भने पछिल्लो समय उनी विदेशमा बस्दै आएका थिए । लामो समयदेखि विदेशमा बसेर काम गर्दै आएका युवा स्वदेश फर्किएर नियमनकारी निकायमा काम गर्न इच्छा देखाउँदा सुधारको सम्भावना देख्नु भुक्तभोेगी नेपालीको सौभाग्य नै मान्नुपर्छ । उनले धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष पदमा आवेदन मात्र हालेनन् । सबै प्रतिस्पर्धीलाई उछिनेर नियुक्ति नै लिए । जतिबेला उनी धितोपत्रको नेतृत्वमा पुगे । उनी कसरी पुगे होलान् भनेर त्यतातिर कोही लागेनन् । विदेशको सुशासन देखेर/जानेर आएको मानिस भएकाले पुँजीबजारमा पनि सुशासन हुने आशा सबैले गरेका थिए । तर उनीसँग प्रतिस्पर्धा गरेकी एक उम्मेदवारले उनको नियुक्ति दूषित रहेको चियागफमै बताएकी थिइन् । लामो समयदेखि थाइल्यान्डमा बसेर काम गरेका हमालको दोहोरो नागरिकताका बारेमा कसैले सोधखोज गरेका छैनन् । उनको अनुभवको योग्यतामाथि पनि कसैले प्रश्न उठाएका छैनन् । उनी सन् २०१०/२०११ मै एनआरएन थाइल्याण्डको अध्यक्ष बनेका थिए । विदेशमा बसेर गरेको कामलाई नेपालको सरकारी सेवामा प्रवेशका लागि कार्य अनुभव मान्ने व्यवस्था छैन । विदेशमा बसेर त्यहाँको नागरिकता लिएपछि गैरआवसीय नेपाली हुने प्रावधान पनि रहेको थियो । भलै पछि त्यसलाई संसोधन गरिए पनि यसको मूल मर्मचाहिँ त्यही हो ।

थाइल्याण्डमा रहँदा हमाल त्यहाँको प्रख्यात पर्यटनसम्बन्धी कम्पनी दूषित थानीसँग सम्बन्धित रहेका थिए । ग्रिन हेरिटेज नामक कम्पनीको त उनी सेयर होल्डर नै हुन् । त्यो पनि एक दुई प्रतिशत होइन ४९ प्रतिशतको अंशियार । करोडौँ डलरको कारोबार गर्ने कम्पनीका अंशियार हमाल पछिल्लो समय नेपालमा थाई लगानीको रिसोर्टको व्यवस्थापन हेर्ने गरी नेपाल बस्दै आएका थिए । त्यहीबेला अनुकूलको सरकारले धितोपत्र बोर्डको कार्यकारी अध्यक्षको पदको विज्ञापन ग¥यो, त्यसमा उनले नाम निकाले । विदेशी लगानी नेपालमा भित्र्याएर अर्बौँ रुपैयाँमा रिसोर्ट खोल्दै गरेका, विदेशमा अर्बौँ रुपैयाँ लगानी गरेका एकजना सफल व्यवसायीले राष्ट्रप्रेम देखाएर त्यसरी स्वदेश फर्किएर नेपालको विकास गर्न खोज्नुलाई कसले नराम्रो मान्न सक्छ र ? परीक्षामा उनका प्रतिस्पर्धीले समेत उनको खुलेर विरोध गर्ने आँट गरेका थिएनन् । आफैँ विदेशमा अर्बौं लगानी गरेका र स्वदेशमा अर्बौँ विदेशी लगानीको प्रोजेक्ट सञ्चालन गरिरहेका हमालले देशप्रेम गरेरै ७७ हजार रुपैँया तलबमा बोर्डको कार्यकारी पद सम्हालेको सुन्दा कुन नेपालीको मन नभक्कानिएला र ? तर समय बित्दै गयो । टीकाटिप्पणी सुरु हुन थाल्यो । बोर्डका निर्णयहरूमा उनका निर्णयहरू एकपछि अर्को गर्दै विवादका घेरामा तानिन थालेका छन् ।

नयाँ स्टक एक्सचेन्ज कम्पनी खोल्ने विषयदेखि नयाँ ब्रोकर लाइसेन्स वितरण मात्र होइन, घाटामा गएर अघि सञ्चालन गर्न नसक्ने अवस्थामा पुगेका रुग्ण कम्पनीलाई बोर्डले धमाधम प्रिमियममा आईपीओ निष्काशनको अनुमति दिन थालेको छ । जनतासँग रकम उठाएर ऋण दिनेबाहेक कुनै ठोस व्यावसायिक कार्ययोजना नभएका कम्पनीलाई प्रिमियम मूल्यमा सेयर बिक्री गर्न अनुमति दिनु सर्वथा उचित मान्न सकिँदैन । तर बोर्डले एकपछि अर्को गर्दै त्यही गरिरहेको छ । राज्यकै अन्य निकायले त्यसमाथि प्रश्न नउठाएका पनि होइनन् । तर नेपालमा विगतमा जे गरिन्थ्यो विरोधको अन्देखा गरेर अहिले पनि त्यसैको पुनरावृत्ति भइरहेको छ । विदेश बसेका, विकास देखेका, सुशासन बुझेका भनिएका रमेश हमालले धितोपत्र बोर्डमा त्यसका लागि कुनै नौलो र चामत्कारिक काम गरेका छैनन् । बरु विकृति र कुशासनको चाङमा इँटा थप्ने काम गरेका छन् । हिजो उनी आउँदा उनमा जुन राष्ट्रप्रेमको भावना ओतप्रोत भएको देखिएको थियो, अहिले उनका कर्मले त्यसलाई मिथ्या सावित गर्दै आएको छ । उनको नियुक्ति योग्यता र क्षमताको कारणले भन्दा पनि अर्कै कुरा, जुन नेपालका नियुक्तिका कारक बन्ने गरेका छन् । त्यसैतर्फ सोझिँदै गएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालले एउटा सम्बोधनमा भनेका थिए । नेता बेइमान भएको स्वयम् नेताको कारणले होइन, समाज जस्तो छ त्यस्तै भएको भनेर हमालले विदेशमा बसेर सिकेको सिप, प्रविधि, ज्ञान पनि यता आएपछि पोलेर खाएका छन् । उनले अहिले यहाँ गर्दै आएको विकृतिलाई समेत उछिन्ने गति लिएछन् । त्यही धितोपत्र बोर्डमा यसअघि नेतृत्वमा पुगेको नेतृत्वले गर्न नसकेर पेन्डिङमा रहेका सामाजिक नीतिनियम प्रतिकूलका काम पनि हमालले निसंकोच फटाफट गरेका छन् । यस नेतृत्वमा रहेकाहरूले यसरी खुलेआम गर्न सकेका थिएनन् तर उनले गरेका छन् । पहिले नेतृत्वमा भएकाहरूले पनि नजानेर नगरेका होइनन् तर निर्लज्ज पाराले त्यसो गर्दा समाजमा कुरो उठ्ला र जताततै मुख देखाउन नहुने अवस्था आउला भन्ने डर थियो । सानातिना त उनीहरूले पनि घिचेकै हुन् तर यतिविधि आँट गर्न हच्किएका थिए । हमालको सन्दर्भमा चाहिँ यो प्रसंग लागू भएन । किनकि उनी फेरि विदेश फर्किन सक्छन् । उनले विदेशी कम्पनीको काममा नेपाल आउँदा पशुपतिको जात्रा र सिध्राको व्यापार एकैपटक गरिरहेका मात्र हुन् । उनको कामले अहिले उनीप्रति सुरुवाती दिनमा यस्तो ठानिएको थियो, विस्तारै त्यो हट्दै गएको छ । राष्ट्रप्रेम त स्वाङ मात्र रहेछ । मूल कुरो त रूप फेरेर लुट्नु नै रहेछ । ठ्याक्कै गायक पशुपति शर्माको लोकगीतलाई बिर्साउने अवस्था छ । लुट्न सके लुट कान्छा, लुट्न सके लुट, अरू देशमा पाइँदैन नेपालमै छ छुट ।

धितोपत्रका बारेमा यस्तै र यिनै काम जोकसैले गथ्र्योजस्तो लाग्दैन । राम्रो गर्लान् भन्ने अपेक्षा थियो तर ठयाक्कै उल्टो भयो । धितोपत्र बोर्डमा भएका रैथाने प्रतिस्पर्धीले यति मनपरी गर्ने आँट गर्दै गर्दैनन् न त नेपालमै काम गरिरहेका अम्बिकाहरूले मौका पाएको भए यस्तो अचाक्ली गर्थे होलान् । किनकि जीवन पनि यही जमानमा गुजार्नुपर्ने हुन्छ तर त्यो बाध्यता हमालको हकमा रहेन । मिसन सकिएपछि उनी माउ कम्पनीमा फर्कनुपर्ने होला र नै राष्ट्रप्रेमको नखरा पारेर यतिविधि गरेको । होइन भने कोहीप्रति र कतै पनि जवाफदेही हुनुपर्ने गरी यस्तो स्वेच्छाचारी तन्त्र चलाउन मिल्छ ? अबुझ र अज्ञानीका हकमा अर्कै कुरा होला । यो त हाकाहाकी हाताहाती भयो । के यही हो त राष्ट्रप्रेम? अरूलाई थाहा छैन भन्दैमा थाहा हुनेले मौका पाउनेबित्तिकै राम्रो पो गर्नुपर्ने हो त । जताबाट पनि आप्mनै दुनो सोझ्याउनु नै राष्ट्रप्रेमचाहिँ होइन ।


क्याटेगोरी : विचार / ब्लग
ट्याग : #Page 4

तपाईको प्रतिक्रिया