सुमेरु ग्रुप सहकारीका सञ्चालक १० अर्ब अपचलन गरी पलायन
काठमाडौं । दुई दशकअघिसम्म सामान्य व्यवसाय गर्ने ललितपुर धापाखेलका भरत महर्जनले पछिल्लो १० वर्षमा धापाखेलमा सुमेरु अस्पताल, पुल्चोकमा सुमेरु सिटी अस्पताल, सातदोबाटोमा एसियन कलेज, सुमेरु ग्रुपका नाममा हाउजिङ, मनी एक्सचेन्ज, टुर एण्ड ट्राभल्स कम्पनी लगायत खडा गरेका थिए ।
‘राम्रो गर्नु र राम्रो हुनु नै हाम्रो जीवनको एक मात्र लक्ष्य हुनुपर्छ’ भन्ने जीवन मन्त्रकै कारण आफू यो अवस्थामा आउन सफल भएको भरतले सुनाउँथे । उनले सहकारीमा सर्वसाधारणले बचत गरेको १० अर्बभन्दा बढी रकम अपचलन गरेर आफ्नो निजी कम्पनीहरू खडा गरेको खुलासा भएको छ । अहिले बचतकर्ताले आफ्नो रकम खोज्न थालेपछि उनी उपचारको बहाना बनाएर परिवारसहित बेलायत पलायन भएका छन् ।
महर्जनले २०६८ सालमा धापाखेलमा ३०० शय्याको सुमेरु सामुदायिक अस्पताल स्थापना गरे । २०६९ मा पुल्चोकमै १०० शय्याको सुमेरु सिटी अस्पताल खोले । सुमेरु मेडिकल कलेज, एसियन कलेज अफ एडभान्स्ड स्टडिज, शंकरापुर एकेडेमी, रिसोर्ट, कृषि फार्म खोले ।
उनले ललितपुरको २३ नम्बर वडा कार्यालय, श्रीकृष्ण उच्च माध्यमिक विद्यालय, सातदोबाटोस्थित महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन र सातदोबाटोकै महानगरीय प्रहरी वृत्तको भवन निर्माणमा अगुवा बनेर स्थानीयमाझ समाजसेवीको छवि पनि बनाएका थिए ।
सफल व्यवसायी र समाजसेवीको छवि देखाएर राजनीतिक पहुँच भएका उनले बचतकर्ताको विश्वास जितिरहे । ‘मैले आफ्नो, श्रीमान् र छोराछोरी सबै गरेर डेढ करोड रुपैयाँ राखेको छु’ एक बचतकर्ताले भनिन, ‘ कलेज, अस्पताल सबै सम्पत्ति सहकारीकै हो, पैसा डुब्दैन भन्नुभयो । होला त भनेर विश्वास गर्दा अहिले दुःख पाइयो ।’
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
- थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
- कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया