‘लकडाउन’ले जडीबुटी खेती र निकासी प्रभावित
बाँके, वैशाख २६
जडीबुटी संकलन, प्रशोधन र निकासीको केन्द्र बाँकेको जडीबुटीको खेती लामो समयको लकडाउनले प्रभावित भएको छ । सरकारले प्राथमिकतामा राखेका मध्ये १२ प्रजातिका र नेपालको आर्थिक विकासका लागि अन्य ३० प्रजातिका जडीबुटी यहाँ व्यावसायिकरूपमा खेती गर्ने गरिएको छ ।
प्राथमिकतायुक्त प्रजातका जडीबुटीलाई प्रविधि विकासका माध्ययमबाट व्यावसायिक खेतीका लागि सिफारिस गरिएको हो भने सरकारले सिफारिस गरेकै आधारमा ‘औषधीय वा रोग निदान गर्नसक्ने गुण भएका वनस्पतिहरू नै जडीबुटी हुन् तर लामो समयको बन्दाबन्दीले जडीबुटी खेतीमा परेको प्रभावको परिणाम दूरगामी हुनसक्ने स्थिति देखिएको छ’, वनस्पति उद्यान केन्द्र, बाँकेका प्रमुख सुनिलकुमार आचार्यको भनाइ छ । बाँकेमा जडीबुटी खेतीका लागि प्रस्तावित क्षेत्र तोकिएको छ ।
खेतीका लागि तोकिएका क्षेत्रको आसपास पाइने रैथाने प्रजातिको जडीबुटीलाई प्राथमिकतामा राख्नुपर्ने मापदण्ड पनि तोकिएको छ । खेतीका लागि बाह्य तथा नयाँ प्रजाति छनौट गर्दा वैज्ञानिक प्रविधिवाट विस्तृत अध्ययन गरिँदै आएको केन्द्र प्रमुख आचार्यले बताए । बाँकेमा वन क्षेत्र बढी भएकाले व्यावसायिक जडीबुटी खेतीको प्रशस्त सम्भावना छ । जडीबुटीमा संलग्न हुन चाहने कृषकले स्पष्टरूपमा व्यावसायिक योजना बनाउनुपर्छ । उत्पादित जडीबुटी लामो समय भण्डारण र प्रयोग गर्न नसकिने भएकाले बजारको मागअनुसार उत्पादन गर्नुपर्ने केन्द्र प्रमुख आचार्यको सुझाव छ । जिल्लामा हाल कुरिलो, अमला, मेन्थालगायत प्रजातिका जडीबुटीको खेती बढी हुनेगरेको छ ।
सरकारले लोपोन्मुख वनस्पति जडीबुटीको संरक्षण, इथ्नो बोटानिकल अध्ययन, वनस्पति संरक्षण र सम्बर्द्वन तथा वनस्पतिको रासायनिक गुणको प्रतिफल स्थानीयस्तरमा पु¥याउने उद्देश्यले नेपालगञ्जमा वनस्पति अनुसन्धान केन्द्र स्थापना गरेको हो । केन्द्रले बाँकेमा जडीबुटी खेतीको संरक्षण र प्रवर्द्वन, जडीबुटीको विकास, वनस्पति संरक्षण एवं उद्यम विकास, वनस्पति अध्ययन अनुसन्धान तथा बजारीकरणसम्बन्धी कार्ययोजनानुसार आफ्नो भूमिकालाई अघि बढाएको छ । जिल्लाको ढकेरीस्थित वनस्पति उद्यानमा वनस्पतीय जडीबुटीको बिरुवा उत्पादन र बिक्री वितरण तथा वैज्ञानिक अनुसन्धान समेत हुने गरेको छ । त्यहाँ हुर्काइएका जडीबुटीका बिरुवा पश्चिम क्षेत्रका जिल्लाका किसानलाई केन्द्रले उपलब्ध गराउँदै आएको छ ।
त्यसैगरी बाँकेलगायत पश्चिम क्षेत्रका अन्य जिल्लामा उत्पादित जडीबुटीको संकलन र बिक्री नेपालगञ्जस्थित जडीबुटी व्यवसायी संघमा आबद्ध व्यवसायीले गर्दै आएका छन् । संघले संकलन गरेको जडीबुटी भारत र तेस्रो मुलुकमा निकासी हुने गरेकामा लामो समयको बन्दाबन्दीले यसको निकासी अहिले ठप्प भएको संघका अध्यक्ष मोहम्मद याकुब अन्सारीले बताए । भारतको उत्तर प्रदेश सरकारले नेपालबाट निकासी हुने जडीबुटीमा लगाएको ‘ट्रान्जिट परमिट’को व्यवस्था लामो समयपछि केही शर्तसहित हटाएपछि सुरु भएको निकासी कोभिड—१९ का कारण भएको बन्दाबन्दीले रोकिन पुगेको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया