Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसहकारी–कृषिकुपण्डोलमा कौसी खेती प्रवर्द्धन गर्न प्रतियोगिता

कुपण्डोलमा कौसी खेती प्रवर्द्धन गर्न प्रतियोगिता


काठमाडौं । ललितपुर महानगरपालिका वडा नम्बर १ कुपण्डोलमा कौसी खेती प्रवर्द्धनका लागि कौसी खेती प्रतियोगिता हुने भएको छ । गृहिणी महिलाहरूलाई लक्षित गरी प्रतियोगिता आयोजना गर्न लागिएको हो । यसमा कौसी खेतीका तरकारी, साना फलफूल तथा पुष्प खेती व्यवस्थापनलाई समेत समेटेको छ ।

वडाबाट एक घर एक कम्पोस्टविन वितरण अभियान सम्पन्न भएपश्चात कम्पोस्ट विनबाट बनेको मलको सही सदुपयोग गर्ने उद्देश्यले यस प्रतियोगिता आयोजना गर्न लागिएको वडा कार्यालयले जनाएको छ । यस प्रतियोगितामा भाग लिनको लागि कुनै शुल्क नलाग्ने र वडा नम्बर १ भित्र घर हुनुपर्ने बताइएको छ । उत्कृट प्रतियोगी छनौटका लागि वडा कार्यालयले विभिन्न विधि तय गरेको छ । जसमा कौसी वा बगैंचाको लेआउट, कम्पोस्ट मलको प्रयोग, फोहोरमैलाको व्यवस्थापन, मौसमअनुसारको बिरुवा छनौट, नियमित हेरचाह तथा पानीको प्रयोगजस्ता मापदण्डहरूको आधारमा उत्कृष्ट छनौट हुनेछन् । कार्यालयको रेकर्डअनुसार हालसम्म प्रतियोगितामा एक सय ५० जना बढीले सहभागिता जनाएका छन् । वडाध्यक्ष निर्मल तण्डुकारका अनुसार फोहोरमैला व्यवस्थापन, नेपालमा आयात हुने तरकारीको केही मात्रामा विस्थापन गरी आत्मनिर्भरता, अर्गानिक र स्वच्छ खाद्यान्नको उपयोग, हरियाली प्रवर्द्धनमार्फत प्रदूषणमुक्त वातावरण निर्माणलगायत विविध उद्देश्यहरू लिएर यो कार्यक्रम सञ्चालन गरिएको हो । विजेताहरूलाई नगद पुरस्कार प्रमाणपत्र र सम्मान गर्ने तयारी समेत गरिएको वडा कार्यालयले जनाएको छ ।


क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8

तपाईको प्रतिक्रिया