कञ्चनपुर, जेठ ५
विश्वभरमा फैलिरहेको कोरोना भाइरस(कोभिड–१९) को जोखिमपूर्ण अवस्थामा पनि कञ्चनपुरको महेन्द्रनगरमा रहेको एक सहकारी संस्थाले कर्मचारीको काम प्रतिको मनोबल बढाउनका लागि आफ्ना सबै कर्मचारीको लागि बीमा योजना ल्याएको छ । कञ्चनपुर जिल्लामा पनि कोरोना भाइरसकोक संत्रलमण र जोखिम बढेकाले कर्मचारीहरूको बीमा गरेको मेघा बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख सुनिल सेटीले बताए ।
मेघा बचत तथा ऋण सहकारी संस्थाले लकडाउनको समयावधिमा पनि सदस्यहरूलाई घरदैलो सेवा दिइरहेको तथा यो अवधिमा कार्यरत सम्पूर्ण कर्मचारीहरूमा कोरोना भाइरसको संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सबै कर्मचमरीहरूको बीमा गरिएको संस्थाका कार्यकारी प्रमुख सेटीले बताए । कोरोना भाइरसको बीमा गर्दा बीमितले पीसीआर रिपोर्टको आधारमा रिपोर्ट पोजेटिभ देखिएमा एक लाख रूपैयाँ पाउनेछन् यसका लागि अस्पतालको रिपोर्ट भने आवश्यक नपर्ने प्रमुख सेटीले बताए । समूहगतरूपमा संस्थाका ३० जना कर्मचारीको बीमा गरिएको सहकारीले जनाएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया