सबैभन्दा बढी कर तिर्ने आईएमई रेमिट्यान्स सम्मानित
काठमाडौं । समग्र रेमिटेन्स कम्पनीहरूमध्ये आईएमई लिमिटेड सबैभन्दा बढी आयकर तिर्ने कम्पनीकोरूपमा सम्मानित भएको छ । राष्ट्रिय कर दिवस २०८० का अवसरमा बिहीबार काठमाडौंमा आन्तरिक राजस्व विभागद्वारा आयोजित विशेष समारोहमा अर्थमन्त्री डा प्रकाशशरण महतबाट आईएमई ग्रुपका प्रबन्ध निर्देशक र आईएमईका संस्थापक तथा सञ्चालक हेमराज ढकालले उक्त सम्मान ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०७८/७९ मा विभिन्न १६ विधामा सर्वाधिक आयकर तिर्ने कम्पनीहरूमध्ये रेमिट्यान्सतर्फ आईएमई लिमिटेडले सबैभन्दा बढी आयकर बुझाउन सफल भएको थियो । सन् २००१ मा स्थापित आईएमईले नेपालको समग्र रेमिट्यान्स क्षेत्रलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ । आईएमईलाई बैकिङ सञ्जालमार्फत विदेशी मुद्रा नेपाल भित्र्याएर औपचारिक अर्थतन्त्रको विकासमा उल्लेख्य योगदान गरेको मुख्य श्रेय जान्छ । यसैको सम्मानस्वरूप विभिन्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय सम्मानहरूबाट आईएमई सम्मानित हुँदै आएको छ । साधारण सेयर निष्काशन गर्ने तयारी गरिरहेको आईएमई सबैभन्दा बढी आयकर तिर्ने कम्पनीको रूपमा यसभन्दा अघि पनि पटकपटक सम्मानित हुँदै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- प्रथम पशुपति चौलागाईं स्मृति कपको उपाधि कालिञ्चोकलाई
- भेरी करिडोरको तल्नुबगर ‘बेलिब्रिज’ सञ्चालन
- विद्यालय बन्द गरेर यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर
- सुनसरी औराबनीका २० घरपरिवार भूमिहीनलाई भवन निर्माण गरी हस्तान्तरण
- नवलपरासी कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
- बक्यौता असुली गर्न विराटनगर भन्सार सक्रिय
- समसामयिक राजनीतिक व्यङ्ग्य
- छाया सेन्टरबारे संयुक्त राष्ट्र संघको चासो
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया