मुक्तहलिया पुनर्स्थापना समस्या समाधान गर्ने समिति गठन
कञ्चनपुर, जेठ ७
कञ्चनपुरको भीमदत्त नगरपालिकामा मुक्त हलिया पुनर्स्थापना समस्या समाधान गर्ने एक समिति गठन गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ४६औँ बैठकबाट नगरस्तरीय समिति गठन गरिएको हो । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा गठित ८ सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रतिनिधि र संयोजकले तोकेका एक महिलासहित दुई जना मुक्तहलिया सदस्य छन् । समितिको सदस्यसचिवमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रहेका छन् ।
सरकारले २०७६ जेठ ६ गते मुक्तहलिया तथा कमैया परिवार पुनर्स्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । त्यसअघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मुक्तहलिया तथा कमैया पुनस्र्थापना कार्यक्रम सञ्चालन गरिएको थियो । सरकारले २०७५ भदौ २१ गते तत्कालीन सुदूरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा मुक्तहलिया घोषणा गरेको थियो तर हालसम्म पनि मुक्तहलियाहरुका समस्याप्रति कुनै सुनुवाइ नभएको बताइरहेका छन् ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- किमाथाङ्कासहित चीनसँग जोडिएका अधिकांश नाका आजदेखि पुनः सञ्चालनमा आउँदै
- हेटौँडामा सवारी दुर्घटनामा एकको मृत्यु
- थाम्बुचेत-काठमाडौँ प्रसारण लाइनमा ९६ प्रतिशत काम पूरा
- कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण
- सगरमाथा आरोहणको यो सिजन ‘लगभग सकियो’, कस्तो रह्यो ?
- स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना
- गण्डकीका एक लाख १० हजार बालबालिकालाई आइपिभी खोप
- शिवशिखरका संचालक केदारनाथलाई ३३ अर्बको सम्पत्ति शुद्धीकरण
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया