सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने अर्थमन्त्री डा. महत
पाटन (ललितपुर) । नेपाल ट्रेड युनियन कांग्रेसद्वारा बिहीबार ललितपुरमा आयोजित ओैद्योगिक नीति तथा श्रम सम्बन्ध विषयक कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका सूचकहरुमा सुधार हुँदै गएको जानकारी गराएका छन् ।
उनले पर्यटकहरुको वृद्धि हुँदै गएको, बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दै गएको, रेमिट्यान्स बढ्दै गएको जानकारी गराउँदै अहिले अर्थतन्त्रका सबै सुचकहरुमा सुधार हुँदै गएको बताएका हुन् ।
अर्थमन्त्री महतले श्रमिक र उद्योग व्यवसायीबीच निरन्तर वार्ता तथा सम्वादमार्फत एकअर्कालाई बुझ्नुपर्ने धारणा राख्दै बेरोजगारहरुलाई पनि रोजगारको अवसर सिजना गर्न ट्रेड युनियनले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले सरकारले नेपालमा लगानी भित्र्याउनका लागि आगामी वैशाखमा लगानी सम्मेलन गरिने बताए ।
उनले नेपालमा उत्पादन हुने ओैद्योगिक सामानको लागत बाहिरबाट आयात हुने सामानको तुलनामा कम गर्न नसकिएको उल्लेख गर्दै उत्पादकत्व कम हुँदा समयसापेक्ष श्रमिकको पारिश्रमिक बढ्न नसकेको धारणा व्यक्त गरे ।
अर्थमन्त्री महतले यातायातको लागत कम गर्न र कामदारहरुको ज्ञान तथा क्षमताको सही उपयोग हुन आवश्यक रहेकामा जोड दिँदै लागत कम गर्ने कुरामा उद्योगी व्यवसायीले नयाँ प्रविधि उपयोग गर्नुपर्ने र श्रमिकका सङ्गठनहरुले पनि श्रमिकको क्षमता अभिवृद्धिमा लाग्नुपर्नेमा ध्यानाकर्षण गराए । उनले श्रमिकका अधिकारका कुरामा हस्ताक्षर गर्नेमा नेपाल अगाडि नै रहेको उल्लेख गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- मौलिक एवं रचनात्मक तवरले गणतन्त्र दिवस मनाउन प्रधानमन्त्रीको निर्देशन
- टोटनह्यामलाई पराजित गर्न नसके उपाधि जितिदैन : पेप
- किसानलाई एक सय तीस क्विन्टल उन्नत जातको बीउ वितरण
- कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने, छलफल गर्न नदिने
- भारतले माल्दिभ्सलाई पाँच करोड डलर ऋण दिने
- अस्ट्रेलियाको मूल्यवृद्धि तीन प्रतिशतभन्दा कम हुने अनुमान
- अनेरास्ववियुको आयोजनामा हुने विद्यार्थी महोत्सवको उद्घाटन आज
- आज नीति तथा कार्यक्रम सार्वजनिक हुँदै
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया