कांग्रेसद्वारा शिक्षकमाथि भएको प्रहरी दमनको निन्दा
काठमाडौँ । बाराको सिम्रौनगढ नगरपालिकामा धर्नामा रहेका शिक्षकमाथि भएको प्रहरी दमनको नेपाली कांग्रेसले निन्दा गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले उक्त घटनाको छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।
सिम्रौनगढ नगरपालिकाका ३२ वटा विद्यालयका १९० जना शिक्षकहरूले ६ महिनादेखि तलव नपाएपछि उनीहरु दुई महिनादेखि धर्नामा बसेको मुख्यसचिव पौडेलले जानकारी दिए । शान्तिपूर्ण रूपमा धर्ना बसेका शिक्षकहरूमाथि सुरक्षाकर्मीबाट दमन भएको कांग्रेसले जनाएको छ ।
बुधवार सुरक्षाकर्मीले नगरपालिकाको मुख्य द्वारमा धर्ना बसेका शिक्षकहरूमाथि हस्तक्षेप गरी गोली चलाउँदा सुृरक्षाकर्मीको गोली वागेर लक्ष्मीमुखिया विनको घटनास्थलमै मृत्यु हुनका साथै केही व्यक्तिहरू घाइते भएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बन्द भएका उद्योग चलाउने सरकारको रटान जारी
- मौद्रिक नीतिमा नीति तथा कार्यक्रमको हस्तक्षेप
- कृषिमा ‘लगानी दशक’ घोषणा
- ५ लाख सुकुमबासीको समस्या समाधान गर्ने
- प्रत्येक प्रदेशमा एक हजार गाईभैंसी पालनको पूर्वाधार बनाइने
- खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव
- गोली हानेर प्रहरीले लागूऔषध कारोबारीलाई समात्यो
- सन्दीपको मुद्दामा बहस जारी
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया