हेटौँडामा मानव सेवा आश्रमको आफ्नै भवन
काठमाडौँ । हेटौँडा-९ लामसुरेधापमा मानव सेवा आश्रमले आफ्नै भवन निर्माण गरेको छ । बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन, मानसिक तथा शारीरिक रुपमा कमजोर सहयोगापेक्षीको आश्रय र सेवाका क्षेत्रमा काम गर्दै आएको संस्थाले करिब रु. १४ करोड लागतमा भवन निर्माण गरेको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्सिर ३० गते सो भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
भवनको पूर्णताका लागि महजात्रा, श्रीमद्भागवत ज्ञानविज्ञान महायज्ञलगायत विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । हालसम्म भवन निर्माणका लागि विभिन्न सरकारी निकायबाट रु. एक करोड १७ लाख ७३ हजार पाँच सय ७० र चन्दा सङ्कलनबाट रु. ११ हरोड ९१ लाख २६ हजार ९६० प्राप्त भएको संस्थाको भनाइ छ ।
फलफूल र दूधमा आत्मनिर्भर बन्दै गइरहेको मानवसेवा आश्रम मुख्य सेवा केन्द्र हेटौँडाले दुई सय ५० जना मान्छे र एक दर्जनभन्दा बढी गाइवस्तुको मलमूत्रलाई खाना पकाउने इन्धनमा रूपान्तरण गरेको छ । महिला, पुरुष, बालबालिका, अशक्त र वद्धवृद्धाहरूलाई छुट्टाछुट्टै राखेर सहयोगापेक्षीमैत्री सेवा प्रवाह गर्दै आइरहेको मानव सेवा आश्रमले दिगो सञ्चालनका लागि गाईपालन, अर्ग्यानिक तरकारी र फलफूल खेती गर्दै आएको छ ।
क्याटेगोरी : समाचार, बागमती प्रदेश
ताजा अपडेट
- खराब सरकारी आयोजना खारेज गर्ने प्रस्ताव
- गोली हानेर प्रहरीले लागूऔषध कारोबारीलाई समात्यो
- सन्दीपको मुद्दामा बहस जारी
- उत्पादन, उत्पादकत्व र रोजगारी उच्च प्राथमिकतामा
- २ हजार ९४० मेगावाट पुग्यो विद्युत् जडित क्षमता
- विद्युतीय प्रणालीबाट विदेशी मुद्रा भुक्तानीको व्यवस्था गरिने
- उच्च पद प्राप्त गर्दैमा कानुनी जवाफदेहिताबाट मुक्त भइन्छ भन्ने भ्रम चिर्न सरकार सफल: राष्ट्रपति
- नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् पुगे राष्ट्रपति
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया