गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो
गाजा स्ट्रिप । गाजा युद्धमा मृत्यु हुनेको संख्या २० हजार छ सय ७४ पुगेको छ । हमासद्वारा सञ्चालित गाजामा रहेको स्वाथ्य मन्त्रालयले इजरायलसँगको युद्धमा प्यालेस्टाइन क्षेत्रमा कम्तीमा २० हजार छ सय ७४ मानिसको मृत्यु भएको छ ।
अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको घातक हमलापछि इजरायलले गाजा क्षेत्रमा आक्रमण सुरु गरेको थियो । युद्धमा अहिलेसम्म ५४ हजार पाँच सय ३६ व्यक्ति घाइते भएको पनि मन्त्रालयले जनाएको छ ।
गाजा पट्टीको अल–मगाजी शरणार्थी शिविरमा आइतबार भएको इजरायली आक्रमणमा कम्तीमा ७० प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी सरकारी टेलिभिजनले जनाएको छ । इजरायली सेनाले मध्य गाजाको अल–बुरेज शरणार्थी शिविर र दक्षिणी सहर खान युनिसमा पनि आक्रमण गरेको गाजास्थित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
युद्धमा परी गतसाताको अन्त्यमा गाजामा १५ इजरायली सैनिकको मृत्यु भएको पुष्टि भएको छ । इजरायली सेनाले गाजामा आफ्नो भूमिगत आक्रमणको क्रममा मारिएका इजरायली सैनिकको संख्या एक सय ५४ पुगेको बताएको छ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #page 3
ताजा अपडेट
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
- रोजाइअनुसार नेपाल टेलिकमका डाटा सेवाहरु उपलब्ध
- नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच सम्झौता
- प्रभु बैंक र चिरायु नेसनल हस्पिटलबीच छुट सम्झौता
- नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
- आर्थिक विकासमा यस्ता छन् नेपालका चुनौतीहरू
- दश महिनाको आर्थिक चित्र नकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया