रेसिङ अटोमोबाइल्सको ‘नयाँ वर्ष बम्पर योजना’
काठमाडौं । रेसिङ अटोमोबाइल्सले अंग्रेजी नयाँ वर्ष २०२४ को अवसरमा आफ्ना ग्राहकका लागि बम्पर योजना सार्वजनिक गरेको छ । यसअन्तर्गत नयाँ वर्षको अवसरमा गाडी खरिद गर्ने हरेक ग्राहकलाई एक वर्षसम्म नै इन्धन उपहारमा दिने सो कम्पनीले जनाएको छ ।
कम्पनीको अनुसार यो योजना आइतबार राति १२ बजेदेखि लागू भई ३० दिनसम्म चल्नेछ । सो समयमा कम्पनीमार्फत नयाँ तथा पुराना जुनसुकै गाडी खरिद गर्ने ग्राहकले पनि सन् २०२४ भरि नै हरेक महिना इन्धन खरिदको लागि दुई हजार २४ रुपैयाँ प्राप्त गर्ने छन् । यस्तो नगद उपहारको अलावा हरेक ग्राहकले आकर्षक गिफ्ट ह्याम्पर समेत प्राप्त गर्ने अटोमोबाइल्सका अध्यक्ष रुद्र ढुङ्गेलले जानकारी दिए । उनका अनुसार यस्तो सुविधा र उपहार प्राप्त गर्न खरिदकर्ताले तोकिएको समयभित्र प्रत्यक्षरूपमा अटोमोबाइल्सको सोरुम तथा बिक्री कार्यालयमा उपस्थित भएर वा कुनै पनि डिजिटल भुक्तानीमार्फत गाडी बुकिङ गरेको हुनुपर्नेछ ।
कम्तीमा २५ हजार रकम बुझाएर गाडी बुकिङ गर्ने ग्राहक यस्तो उपहार र सुविधाको हकदार हुने कम्पनीले जनाएको छ । सबै प्रकारका नयाँ तथा पुराना गाडीहरूको बिक्रीवितरण गर्दै आएको रेसिङ अटोमोबाइल्स कलंकी भाटभटेनीदेखि दुई सय मिटर पूर्वतर्फ रेसिङ बजारमा रहेको छ । रेसिङ अटोमोबाइल्सले सुलभ मूल्यमा ग्राहकको रोजाइअनुसारका सबै प्रकारका नयाँ तथा पुराना गाडीहरू उपलब्ध गराएर गाडीका पारखी र आम ग्राहकबीच लोकप्रियता हासिल गरेको दाबी गरेको छ ।
क्याटेगोरी : अटो बजार, कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको मृत्यु
- कक्षा कोठामा शिक्षामन्त्री : ‘पुस्तक पुनःप्रयोग गर्न जतन गरेर राख्नुहोस्’
- मन्त्री श्रेष्ठद्वारा विश्वविद्यालयलाई राजनीतिकरण नगर्न आग्रह
- देश निर्माणमा सबै पक्षको उत्तिकै दायित्व छ: मन्त्री जोशी
- नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा
- बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास
- कृषि उद्यमीहरुको क्षमता अभिवृद्धि तालिम सम्पन्न
- पहिचान फेरिएको फुस्रेबजार
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया