Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

इन्ड्राइभको तालिम


काठमाडौं । इन्ड्राइभको योरपेस किप फिट सर्किट नेपाल सुरु भएको छ । यो तालिम सबै उमेर र क्षमताका व्यक्तिहरूका लागि शारीरिक तन्दुरुस्ती र स्वास्थ्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले डिजाइन गरिएको हो ।

आगामी असोज ९ गतेसम्म चल्ने यो रनिङ प्रोग्राम नेपालमा हेल्थ एन्ड वेलनेसको संस्कृतिलाई बढावा दिनको लागि इनड्राइभले गर्ने प्रयासको नेपाल एडिसन हो । कार्यक्रमले काठमाडौं (दशरथ रंगशाला, स्वयम्भु), पोखरा, ललितपुर, भक्तपुर, कीर्तिपुर, हेटौंडा र बुटवलका लगभग चार सय ५० सहभागीहरूलाई संलग्न गराउने लक्ष्य राखेको छ । यी स्थानहरूमा प्रशिक्षण सत्रहरू सञ्चालन गरिने र दर्तापछि प्रत्येक सहभागीको लागि तालिका निर्धारित गरिनेछ ।

योरपेस किप फिट सर्किट नेपाल सहभागीहरूमा सकारात्मक सोच र शारीरिक तन्दुरुस्ती प्रवर्द्धन गर्न विशेष गरी बालबालिका र धावकहरूलाई लक्षित गरी डिजाइन गरिएको पहल हो । यो निःशुल्क तालिम कार्यक्रमले समुदायभित्र फिटनेस र वेलनेसको संस्कृतिलाई बढावा दिँदै सक्रिय र स्वस्थ जीवनशैली अपनाउन मानिसहरूलाई उत्प्रेरित गर्ने लक्ष्य राखेको छ । कार्यक्रममा सहभागीहरूले ब्रान्डेड टी–सर्ट पनि प्राप्त गर्नेछन् । प्रशिक्षण सकिएपछि इच्छुक सहभागीहरूले १६औं काठमाडौं म्याराथनमा भाग लिने अवसर पाउनेछन् । योरपेस किप फिट सर्किट नेपालको लागि दर्ता खुला भएको छ । यो कार्यक्रम वैशाख २० गतेदेखि नै सुरु भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया