नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत् बिक्री–खरिद सम्झौता यसैसाता
काठमाडौं । नेपाल र भारतबीच जलविद्युत् बिक्री–खरिद सम्झौता यसैसाता काठमाडौंमा हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को गत जेठ १७ देखि २० गतेसम्म भारत भ्रमणका क्रमको दोस्रो दिन १८ गते १० वर्षमा १० हजार मेगावाट विद्युत् नेपालले बिक्री गर्ने र भारतले खरिद गर्ने विषयमा समझदारी भएको थियो ।
नेपालसँग १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताव त्यहाँको मन्त्रिपरिषद्ले स्वीकृत समेत गरिसकेको छ । नेपालका प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच गत जेठ १८ गते भएको भेटवार्तामा उक्त बिजुली बिक्री–खरिद गर्ने विषयमा समझदारी भएको थियो । उक्त कुरा प्रचण्डको भ्रमणको क्रममा भएको संयुक्त पत्रकार सम्मेलनमा समेत जानकारी गराइएको थियो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार भरतीय विदेशमन्त्री एस जयशंकरको पर्सि १९ गते बिहीबारबाट हुने नेपाल भ्रमणको क्रममा नेपालले बिजुली बिक्री गर्ने र भारतले खरिद गर्ने विषयमा सम्झौता हुनेगरी तयारी गरिएको छ । यसलाई ऊर्जासचिव गोपालप्रसाद सिग्देलले पनि स्वीकार गरेका छन् । ‘१० वर्षमा १० हजार मेगावट बिजुली नेपालसँग भारतले खरिद गर्ने भनेर गत जेठमा गरेको समझदारीअनुसार भारतीय विदेशसचिवको यसैसाता नेपालमा हुने भ्रमणको क्रममा सम्झौता गर्ने तयारी गरेका छौँ’, सचिव सिग्देलले आर्थिक दैनिकसित भने, ‘प्राविधिक विषय अड्किएन भने सायद बिजुली बिक्री र खरिद सम्झौता हुन्छ ।’ उक्त एजेन्डाबाहेक आफूलाई थप कुरा केही थाहा नभएको पनि सचिव सिग्देलले बताए ।
भारतीय विदेशमन्त्री जयशंकरको टोली सन् १९८७ मा गठन भएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिनका लागि बिहीबार काठमाडौं आउन लागेको हो । उनको नेपाल भ्रमणको कार्यक्रम दुई दिनको छ । आयोगको यो बैठक सातौँं हो । परराष्ट्र मन्त्रीस्तरीय आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र समेत हो । आयोगको यो बैठक तीन वर्षपछि हुन लागेको हो । आयोगको यसअघिको बैठक २०७७ साल माघ १ र २ गते भारतको नयाँ दिल्लीमा भएको थियो । नेपालले अहिले पनि भारतलाई बिजुली बिक्री गरिरहेको छ । गत बर्खायाममा नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बिक्री गरेर १५ अर्ब २४ करोड रुपैयाँ आम्दानी गरेको थियो । हिउँदको सुक्खा याममा भने नेपालले भारतबाट बिजुली खरिद गर्नुपर्ने अवस्था छ । हिउँदमा नेपालका नदीहरूमा पानीको बहाब घट्ने भएको कारण बिजुली उत्पादन अझै पनि आन्तरिक माग अनुसार हुँदैन ।
नेपालले मंसिर २२ गते शुक्रबार रातिदेखि भारतमा बिजुली निर्यात बन्द गरेको छ । चालू आर्थिक वर्ष २०८०/०८१ को जेठ २८ गतेदेखि मंसिरसम्म नेपालले भारतमा बिजुली बिक्री गरेको थियो । नेपालको आन्तरिक माग अहिले एक हजार सात सय मेगावाटभन्दा बढी छ । अहिले उद्योगहरूको लाइन काटिएको कारण केही माग घटेको प्राधिकरणले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- मन्त्री भण्डारीद्वारा बैतडीमा व्यावसायिक कफीखेतीको शुभारम्भ
- मदन र आश्रितको शालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
- नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह
- बैंकको ब्याज मुद्रास्फीतिकै विन्दुमा, किन बढेन कर्जाको माग ?
- अत्यासलाग्दो आगलागीको कारण र निराकरण
- पुराना कार्यक्रम नयाँ घोषणा
- विशाल ग्रुपका सञ्चालकहरूको भागाभाग, अझै परेनन् पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया