सिटिजन्स बैंक र सिद्घिखोला जलविद्युत्बीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको एकल ऋण लगानी गर्ने गरी प्रदेश नंं. १ को इलाम जिल्ला साविक समलबुङ र जिर्मले गाविस (हालको सूर्योदय नगरपालिका र रोङ गाउँपालिका) मा निर्माण हुने सिद्धिहाइड्रोपावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेकोे १० मेगावाट क्षमताको सिद्धिखोला जलविद्युत् आयोजनामा प्रवर्द्धक कम्पनी र बैंकबीच सम्झौंता भएको छ । बिहीबार वित्तीय व्यवस्थापनका लागि भएको सम्झौतामा बैंकका प्रमुख कर्न्सोटियम/इन्फ्रास्ट्रक्चर बैंकिङ युनिटका रोशन मल्ल र कम्पनीका प्रबन्ध सञ्चालक सन्तोषराज नेपालले हस्ताक्षर गरेका हुन् ।
परियोजनाको अनुमानित लागत करिब एक अर्ब ७३ करोड (निर्माण अवधिको ब्याजबाहेक) मा बैंकले ७५ः२५ को ऋणः स्वपुँजी अनुपातमा एक अर्ब २९ करोड बराबरको ऋण लगानी गर्नेछ भने निर्माण अवधिको ब्याजसहित बाँकी लागत प्रवर्द्धकहरूबाट स्वपुँजी जुटाइने छ । सो आयोजनाले आगामी साढे दुई वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा आठ दशमलव ८०५ गिगावाट घण्टा र वर्षामा ४६ दशमलव ९११ गिगावाट घण्टा गरी वार्षिक ५५ दशमलव ७१६ गिगावाट घण्टा विद्युत् उत्पादन गरिनेछ ।
बैंकले देशभर फैलिएका आफ्ना एक सय ९० वटा शाखा, एक सय ५१ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाइबाट १६ लाख ९६ हजार ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- कानुन व्यवसायी राष्ट्रिय सम्मेलनको राष्ट्रपतिद्वारा उद्घाटन
- नेपाल चेम्बर र अर्मेनियाको चेम्बरबीच व्यापार एवं सूचना प्रविधिमा सहकार्य हुने
- रोजाइअनुसार नेपाल टेलिकमका डाटा सेवाहरु उपलब्ध
- नेपाल बैंकर्स संघ तथा नेपाल बीमक संघबीच सम्झौता
- प्रभु बैंक र चिरायु नेसनल हस्पिटलबीच छुट सम्झौता
- नेपालमा सहरीकरणको अवस्था र स्थिति, कारण समस्या तथा सुझाव
- आर्थिक विकासमा यस्ता छन् नेपालका चुनौतीहरू
- दश महिनाको आर्थिक चित्र नकारात्मक
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया