बैंकिङ कसुर मुद्दामा संलग्न गुरुङ पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा संलग्न व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार गोरखा अजिरकोट गाउँपालिका वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २६ सामाखुशी बस्ने ४८ वर्षीय राजु गुरुङलाई पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक केसीका अनुसार पदमबहादुर मगरको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी गुरूङ भएको बैंकिङ कसुर मुद्दामा सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त फरार रहेका प्रतिवादी गुरूङलाई यस कार्यालयबाट खटिएको टोलीले बिहीबार ११ः३० बजेको समयमा काठमाडौं का.म.न.पा. वडा नं. २६ सामाखुशीबाट पक्राउ गरेको हो । पक्राउ परेका गुरुङलाई सोही दिन बैंकिङ कसुर मुद्दामा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंमा पठाइएको प्रहरी उपरीक्षक केसीले जानकारी दिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कुन वस्तुमा कर बढ्यो, कुनमा घट्यो ?
- थपिँदै ऋणको भारी
- सीमित स्रोत र असीमित मागको बीच सन्तुलित बजेट
- नारायणगढ–बुटवल सडकखण्ड दुईतर्फी सञ्चालन
- राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने
- आर्थिक वर्ष २०८१/८२ को बजेट वक्तव्यको पूर्णपाठ
- बजेट वक्तव्य: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ८६ अर्ब २४ करोड
- बजेट वक्तव्य: एक लाख ‘रिटर्नी’ लाई स्वरोजगार बनाइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया