‘ठूला उद्योगका लागि बजेट सन्तोषजनक भएन’
बाँके, जेठ १८
आर्थिक वर्ष २०७७/०७८ को बजेटका बारेमा नेपालगञ्जका उद्योगी, व्यवसायी र अर्थशास्त्रीहरुले मिश्रित प्रतिक्रिया दिएका छन् । नेपालगञ्ज उद्योग वाणिज्य संघले बजेटका विषयमा शुक्रबार आयोजना गरेको भर्चुअल छलफलमा व्यवसायीहरुले त्यस्तो प्रतिक्रिया दिएका हुन् । छलफलमा सहभागीले बजेटमा स्वास्थ्य, कृषि, पर्यटन र साना तथा मझौला उद्योगका लागि राहत महसुस गर्ने कार्यक्रम ल्याएको बताए ।
तर ठूला उद्योग, रोजगारी सिर्जना गर्ने र ‘ट्रेडिङ बिजनेस’लाई उकास्ने विषयमा बजेटले विशेष योजना ल्याउन नसकेको औँल्याए । उनीहरुले प्रदेश राजधानी केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिँदा बाँकेले उल्लेखनीय केही नपाएको पनि बताए । ‘यो बजेटले कोरोनाका कारण ध्वस्त भएको अर्थतन्त्रलाई पुनर्जीवन दिने सम्भावना म देख्दिनँ’, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य दामोदर आचार्यले भने, ‘मैले अपेक्षा गरेअनुसारको बजेट आएन ।’
आचार्यले बजेटमा साना तथा मझौला उद्योग, कृषि र स्वास्थ्यलाई भने प्राथमिकतामा राखिएको बताए । पूर्वकेन्द्रीय सदस्य आचार्यले पुरानै आयोजनाको निरन्तरताबाहेक बाँकेलाई यसपटकको बजेटले उल्लेखनीय कुनै योजना समेट्न नसकेको बताए । महासंघका पूर्वकेन्द्रीय सदस्य अच्यूत प्रसाईंले कोरोनाका कारण प्रभावित ठूला औद्योगिक क्षेत्रलाई बजेटले सम्बोधन नगरेको बताए । उनले भने, ‘अहिलेको अवस्थामा हेल्थ सेक्टरलाई प्राथमिकतामा राख्ने कुरा नयाँ होइन । यो जरुरी नै थियो । तर अर्थतन्त्रका लागि उपलब्धिमूलक हुने देखिएन ।’
प्रसाईंले हरेक योजना प्रदेश राजधानी केन्द्रित राखिएकाले नेपालगञ्जजस्ता सहर पछि परेको बताए । महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बाँकेका लागि पुरानै योजना समेटिएको बताउँदै नयाँ कुरा केही नआएको बताए । श्रेष्ठले भने, ‘सुख्खा बन्दरगाहा, सिक्टाजस्ता योजनालाई निरन्तरता दिने भनिएको छ । यो नयाँ होइन पुरानै हो ।’ नेपालगञ्ज उद्योग वाणिज्य संघका निर्वतमान अध्यक्ष नन्दलाल वैश्यले विषम परिस्थितिमा आएको बजेटलाई सन्तोषजनक नै मान्न सकिए पनि निजी क्षेत्रका लागि भने अपेक्षाकृत नभएको बताए ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले बाँकेका लागि नयाँ योजना आउने अपेक्षा गरे पनि त्यसो नभएकाले निराश बनाएको बताए । मन्सुरीले भने, ‘हामीलाई पहिलेजस्तै अहिले पनि ठगिएको महसुस गरिएको छ ।’ छलफलमा बोल्दै अर्थशास्त्री कमानसिंह बोहरा, भुवनेश्वर लामिछाने, कोषराज रेग्मी, लेखापरीक्षक करिम खान, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुर सिंह थारुले बजेट परम्परागतशैलीमा आएको र कोरोनाबाट प्रभावित अर्थतन्त्रलाई उकास्न खासै प्रभावकारी योजना आउन नसकेको बताए ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया