आशिष बहादुर सिंह
बझाङ, जेठ २०
बझाङमा धानको बेर्ना अमेरिकी फौजी कीराले सखाप पार्न थालेको छ । रोपाइँ नजिकिएसँगै बेर्नामा फौजी कीराको प्रकोप देखिएपछि जिल्लाका कृषक चिन्तित भएका हुन् । करिब एक सातादेखि धानको बेर्नामा फौजी कीरा लाग्न सुरु गरेको हो । फौजी कीरा दिउँसोको समयमा बेर्नाको फेद बस्ने र बिहान बेलुका पातमा बसेर बेर्नाको टुप्पाबाट खान सुरु गरेको दुर्गाथली गाँउपालिका १ का नारायण बडुले बताए । उनका अनुसार फौजी कीरा बिहान र बेलुकीको समयमा लाग्ने गरेको छ । धानको बेर्ना राम्रोसँग टुसाउन नपाउँदै कीराले चरेर सखाप पारेको हो ।
अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीराको प्रकोप फैलिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ । अर्का कृषक मदनराज चिमाडीको धानको बेर्ना पनि फौजी कीराले नष्ट गरेको छ । ‘पहिले त थाहै पाइएन । रोपाइँ गर्ने समय नजिक आउँदै गर्दा बेर्ना हेर्नु प-यो भनेर हेर्दा त कीराले सखाप पारेछ’, उनले भने, ‘टाढा बाट हेर्दा राम्रै देखिन्छ । नजिक जाँदा त बेर्नाको पात सखाप पारेको छ ।’ भर्खरै टुसाउन थालेको बेर्ना कीराले खाएपछि यहाँका कृषकहरू भोकमरी हुने चिन्तामा छन् । जिल्लाका अधिकांश पालिकाहरूमा रोपाइँ गर्ने समय नजिकिँदै छ । रोपाइँको मुखमा बेर्ना सखाप पर्दा कृषकहरू रोपाइँ गर्ने कि मकै छर्ने भन्ने अन्यौलमा परेका छन् । कतिपय किसानहरूले उत्पादन धेरै हुने आशमा हाइब्रिड जातको धानको बेर्ना पनि लगाएका थिए । धानमा प्रकोप फैलिन नदिन विषादी छर्कने कार्य भइरहेको कृषि ज्ञान केन्द्र बझाङले जनाएको छ ।
केन्द्रका अनुसार प्रकोप फैलन नदिन तत्कालका लागि कीरा मार्ने औषधि हालिएको छ । सम्भावित प्रकोप रोक्न निमजन्य, मालाथिनलगायतका विषादी वितरण गरिएको कृषि ज्ञान केन्द्र बझाङका कार्यालय प्रमुख दिलबहादुर सिंहले बताए । उनले भने, ‘अहिले जिल्लामा अमेरिकन फौजी कीरा र रैथाने फौजी कीरा गरी दुई प्रकार कीराको प्रकोप फैलिएको छ । यो कीराले ५ चोटी काँचुली फेर्छ । तेस्रो अवस्थामा सम्म मात्र विषादीले काम गर्छ । तेस्रो चरण पछि विषादीले काम नगर्दा यस्तो समस्या आउने गरेको छ ।’ जिल्लामा धानको बेर्नामा मात्र नभई मकैमा पनि यस कीराको प्रकोप देखिएको छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया