एडीबीद्वारा श्रीलंकालाई १० करोड डलर ऋण स्वीकृत
मनिला । एसियाली विकास बैंक (एडीबी)ले श्रीलंकालाई १० करोड अमेरिकी डलर ऋण स्वीकृत गरेको छ । सोमबार श्रीलंकाका साना तथा मझौला उद्यमहरू (एसएमई)लाई वित्तमा थप पहुँच प्राप्त गर्न र आर्थिक संकट तथा जलवायु परिवर्तनजस्ता बाह्य झट्काहरूसँग लड्न सो रकम ऋण स्वीकृत गरेको हो ।
श्रीलंकामा साना तथा मझौला उद्योगहरूले ४५ प्रतिशत रोजगारी सिर्जना गरेका छन् । यस्ता उद्योगको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा ५२ प्रतिशत योगदान गरेको एडीबीले उल्लेख गरेको छ । एडीबीले दिने यो कर्जा महिला नेतृत्वका उद्यमहरुमा खर्च गरी आवश्यक प्रवर्द्धन गर्न सहयोग गर्ने विश्वास गरेको छ ।
सहभागी वित्तीय संस्थाहरूमार्फत एडीबीले निर्यात, पर्यटन, प्रविधि, कृषि र उत्पादन क्षेत्रमा कम सेवा भएका एसएमईहरूका लागि पाँच करोड डलर लाइन अफ क्रेडिट खोल्नेछ । यसले महिला नेतृत्वका एसएमईका लागि ग्यारेन्टी अनुदान समेट्न पाँच लाख अमेरिकी डलरको विशेषसुविधा स्थापना गर्नेछ ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया