कोशी प्रदेश सरकारका तर्फबाट अग्निपीडितलाई आर्थिक सहयोग
भोजपुर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हतुवागढीको आगलागी क्षेत्रको स्थलगत अनुगमन गरी प्रदेश सरकारका तर्फबाट पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरेका छन् । स्थलगत अनुगमनका लागि प्रदेशसभा सदस्य विनोद बान्तावा र सिर्जना राई पनि मुख्यमन्त्री कार्कीका साथमा गएका थिए ।
यही चैत ३ गते हतुवागढी–७ पात्लेपानीमा आगलागीमा परी पाँच वर्षीय प्रनिष कार्की, सात वर्षीया दिप्सिका कार्की र तीन वर्षीय दिउनिस कार्कीको मृत्यु भएको थियो । सो आगलागी मृत्यु भएका बालबालिकाका परिवारलाई प्रतिपरिवार एक लाखका दरले आर्थिक सहयोग गरिएको छ ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत राहत हस्तान्तरण गर्ने भए पनि पीडित परिवारलाई चाँडो सहयोग गर्ने उद्देश्यले घरमै आएर रकम दिएको बताए । मानवीय क्षतिको अगाडि आर्थिक सहयोग नगन्य हुने भएता पनि पीडित परिवारलाई केही राहत होस् भन्ने ठानेर रकम प्रदान गरिएको उनले बताए ।
मुख्यमन्त्री नेतृत्वको टोलीले भोजपुरलाई तराईका जिल्लासँग हतुवागढी गाउँपालिका–९ हसनपुर र वेलका नगरपालिका–७ मैनामैनीलाई जोड्ने दूधकोशीको चुहारमा निर्माण भइरहेको पुलको अनुगमन गरेको छ ।
क्याटेगोरी : प्रदेश समाचार, कोशी प्रदेश, समाचार
ताजा अपडेट
- सन्दीप लामिछानेको मुद्दा : बहसमा समय निर्धारण
- दुई वर्षभित्र खोरेत रोग उन्मूलन घोषणा
- जग्गा कारोबार मूल्यांकन व्यवस्थित गर्न कानुन संशोधन हुने
- कहिल्यै पूरा नहुने पूँजीगत खर्च वृद्धि
- दैलेखमा पेट्रोलियम अन्वेषण आगामी आर्थिक वर्षमा सक्ने लक्ष्य
- १ हजार युवालाई स्टार्टअप व्यवसाय गर्न सरकारले सहुलियत कर्जा दिने
- खाद्य प्रशोधन उद्योग खोलिने
- मालपोत र नापीसम्बन्धी सेवा अनलाइनमार्फत स्थानीय तहबाटै दिइने
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया