गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको वित्तीय साक्षरता
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले आइतबारमध्ये नेपाल नगरपालिका वडा नं ५ समिभञ्याङ, लमजुङका स्थानीय बासिन्दा तथा सम्झना माध्यमिक विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरूबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रबन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आइपर्नसक्ने वित्तीय जोखिम बहन गर्न बचत गर्नुपर्ने तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्ने कुरालाई जोड दिएका थिए ।
ग्लोबल मनि विकको पूर्वसन्ध्यामा भएको उक्त कार्यक्रममा सम्झना माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थराज न्यौपाने, वडा नं ५ का वडाध्यक्ष ओमवीर गुरुङ, प्रधानाध्यापक सन्तोष तिवारीलगायत शिक्षकशिक्षिका, विद्यार्थी तथा अभिभावकहरूको उपस्थिति रहेको थियो । यसैगरी फाइनान्सले सम्झना माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्कुल ब्याग तथा स्टेसनरी सामग्री समेत वितरण गरेको थियो । स्टेसनरी सामग्री वितरण कार्यक्रममा बोल्दै वडाध्यक्ष ओमवीर गुरुङ तथा प्रधानाध्यापक सन्तोष तिवारीले फाइनान्सले गरेको सहयोगको खुलेर प्रशंसा गरेका थिए ।
फाइनान्सका प्रमुख कार्यकारी अधिकृत अधिकारीले संस्थाले गरेको यो सहयोगले विद्यार्थी तथा अभिभावक लाभान्वित हुने विश्वास व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता जनाएका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकमा युवकको हत्या
- डीपीआर तयार भएको १६ वर्षसम्म पनि अघि बढेन बाहिरी चक्रपथ निर्माण कार्य
- बालमन्दिरको जग्गा कब्जा गर्ने विशाल ग्रुपका सञ्चालकविरुद्ध किन जारी भएन पक्राउपुर्जी ?
- ‘नेपालको नोट नेपालभित्र चल्ने हो, संविधानअनुसार जारी हुन्छ’
- गृहमन्त्री लामिछानेको पाप पखाल्न मिसन चौरासी !
- कतिमा हुदै छ विदेशी मुद्राको सटही
- प्रजनन केन्द्रमा हुर्काइएका घडियाल राप्तीमा छाडियो
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया