महालक्ष्मी विकास बैंकको दुई दिने कार्यशाला सम्पन्न
काठमाडौं । महालक्ष्मी विकास बैंकले दुई दिने कार्यशाला सम्पन्न गरेको छ । बैंकले यही फागुन २६ देखि २७ गतेसम्म चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारीहरू, विभागीय प्रमुखहरू, प्रदेश प्रमुखहरू, केन्द्रीय कार्यालयका कर्मचारीहरू र शाखा प्रबन्धकहरूको उपस्थितिमा नेतृत्व र सामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने कार्यशाला सम्पन्न गरेको हो ।
गोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकारात्मकताका बीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको थियो । साथै, यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठी/सेमिनारमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशीला हुन् भन्ने सम्बन्धमा व्यावहारिक अभ्यासहरू समेत गरिएको थियो ।
बैंकको हाल देशभर एक सय तीन वटा शाखा कार्यालयहरू र करिब सात लाख ग्राहकहरू रहेका छन् । साथै, २०८० पुस २८ मा सम्पन्न बैंकको २२औँ वार्षिक साधारणसभाबाट विदेशी बैंक वा वित्तीय संस्थालाई रणनीतिक साझेदारको रूपमा ल्याउन प्रस्ताव समेत पारित भएको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 10
ताजा अपडेट
- बञ्चरो प्रहार गरी २ जनाको हत्या
- सोमबार काठमाडौंमा नेपाल स्वास्थ्य सम्मेलन
- नेपाल व्यवस्थापन संघद्वारा आयोजित प्रि बजेट छलफल सम्पन्न
- ‘घरजग्गा खरिदबिक्री नहुँदा अर्थतन्त्र कमजोर’
- गोविन्द केसीको आमरण अनशन सुरु
- राप्तीसोनारीमा फैलिएको झाडापाखालाबाट २९ जना बिरामी
- संसद्को गतिरोध खुलाउने काम सत्तापक्षको हातमा’
- मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया