नेको इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारणसभा
काठमाडौं, जेठ २५
नेको इन्स्योरेन्स कम्पनीको २४औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीले शुुक्रबार काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो । सभाले गत आर्थिक वर्षको खुद मुनाफामध्येबाट आठ दशमलव १६ प्रतिशत नगद लाभांश पारित गरेको छ । सभाबाट करसहित १० करोड ७४ लाख रूपैयाँ र सोमध्ये लाभांश करबापत ५३ लाख ७३ हजार रूपैयाँ पारित भएको हो ।
सभाले संस्थापक सेयरधनीहरूको तर्फबाट रमेशकुमार निरौला, धु्रब्रचन्द्र गौतम, भरतकुमार अधिकारी र साधारण सेयरधनीको तर्फबाट रोहितकुमार भट्टराईलाई निर्विरोध निर्वाचित समेत गरेको छ । सभापश्चात् बसेको नवनिर्वाचित सञ्चालकहरूको बैठकले सञ्चालक रमेशकुमार निरौलालाई कम्पनीको अध्यक्षमा चयन गरेको छ । नवनिर्वाचित अध्यक्षले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं समक्ष र सञ्चालकहरूले कम्पनीका अध्यक्ष रमेशकुमार निरौला समक्ष सपथ ग्रहण गरेका छन् ।
हाल चुक्ता पुँजी एक अर्ब ३१ करोड ७४ लाख ३२ हजार रूपैयाँ रहेको कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिमा २४ करोड १० लाख ६३ हजार रूपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको यस्तो नाफा २५ करोड १५ लाख ६३ हजार रूपैयाँ रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपाल राष्ट्र बैंकको ६९औँ वार्षिकोत्सव सम्पन्न
- एनआईसी एसिया बैंकमा खनिया सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा
- धेरै रेमिट्यान्स भित्र्याउने बैंक तथा वित्तीय संस्थामा ग्लोबल आईएमई बैंक
- नैतिक आचरण प्रवर्द्धन कसको दायित्व ?
- हाकिमको गाली, कारिन्दाको कुर्सी खाली
- लगानी सम्मेलनबाट आशा र अपेक्षा
- बाल मन्दिरद्वारा बृहस्पति विद्या सदनलाई जग्गा लिजमा दिने आफ्नो निर्णय आफैँ रद्द
- सुर्तीजन्य वस्तुको करवृद्धि रोक्न सरकार र उत्पादकहरूको साँठगाँठ !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया