Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना

नेपाल लाइफको केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना


काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । मंगलबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त बीमा योजनाको अनावरण गरे ।

अनिश्चितताले भरिएको संसारमा आफ्ना बालबालिकाहरूको लागि स्थिर र समृद्ध भविष्य सुनिश्चित गर्नु सर्वोपरि हुने भएकाले सो आवश्यकता परिपूर्ति गर्नका लागि व्यापक कभरेज प्रदान गर्न नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना कम्पनीले सार्वजनिक गरेको हो । यो योजनामार्फत आमाबाबुले आफ्नो बच्चाको सुनौलो भविष्य, गुणस्तरीय शिक्षा सुरक्षित छ भनी सुनिश्चित गर्न सक्ने र शैक्षिक खर्चदेखि लिएर बलियो आर्थिक सुरक्षा यस बीमा योजनाले प्रदान गर्ने बताइएको छ । ‘सुनिश्चित शिक्षा, सुरक्षित भविष्य’ भन्ने नाराका साथ सार्वजनिक गरिएको नेपाल लाइफ केटाकेटी सुनौलो भविष्य जीवन बीमा योजना बालबालिकासम्बन्धी सर्वाधिक जीवन बीमा (मुनाफामा सरिक हुने) हो जसमा बीमित बालबालिकाको प्रवेश उमेर एक महिना (३० दिनपछि) देखि १७ वर्षसम्म रहने र प्रस्तावकको प्रवेश उमेर २१ वर्ष देखि ६५ वर्षसम्म रहने छ । न्यूनतम बीमा शुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि २५ वर्षसम्म हुनेछ । यो योजनाको न्यूनतम बीमांक रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमांक रकम आयस्रोतको आधारमा निर्धारण गर्न सकिने छ ।

यस योजनामा प्रस्तावकको बीमा प्रारम्भ भएको मितिदेखि जोखिम प्रारम्भ हुनेछ भने बालबालिकाको बीमा प्रारम्भ भएको मितिले दुई वर्षपछि वा बच्चाको उमेर पाँच वर्ष पूरा भएपछिको बीमालेखको वार्षिकोत्सव वा जुन अगाडि आउँछ सोहीदेखि जोखिम प्रारम्भ हुनेछ । यस योजनाअन्तर्गत बीमालेख चालू रहेको अवस्थामा बीमांक भुक्तानी परिपक्वता सुविधाअन्तर्गत बीमा अवधि समाप्तिको मितिसम्म बीमित प्रस्तावक तथा बीमित बालबालिका जीवित रहेमा सर्तहरूको अधीनमा रही बीमालेखमा उल्लेख भएको बीमांक रकम र आर्जित बोनस बीमा अवधि समाप्तिमा एकमुष्ठ भुक्तानी दिइने छ ।

बीमा अवधिभित्र जोखिम प्रारम्भ नहँुदै प्रस्तावकभन्दा अगाडि बीमित बालबालिकाकोे मृत्यु भएमा बीमालेखको सर्तहरूको अधीनमा रही बीमित बालबालिकाको मृत्यु हुनुभन्दा अघिसम्म भुक्तानी गरिएको बीमाशुल्क (पूरक करार तथा अतिरिक्तबापतको बीमा शुल्कबाहेक) भुक्तानी गरिने छ भने बीमा जोखिम प्रारम्भपछि बीमा अवधिभित्र बीमित बालबालिकाको मृत्यु भएमा बीमांक रकमको २५(पच्चीस) प्रतिशत तथा आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्तबापतको बीमा शुल्कबाहेक) जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । त्यस्तै, बीमा अवधिभित्र जुनसुकै समयमा बालबालिका छँदै प्रस्तावकको मृत्यु भएमा बाँकी अवधिको बीमाशुल्क मिनाहा गरी बीमालेखलाई निरन्तरता दिइनेछ । मासिक आय सुविधा बीमांकको एक प्रतिशत बराबरको रकम बीमित बालबालिकालाई भुक्तानी गरिनेछ र यस्तो रकम घटना घटेपश्चात बीमा अवधि समाप्तिसम्म वा बालबालिकाको मृत्यु जुनअघि हुन्छ सो समयसम्मका लागि प्रदान गरिनेछ र बीमा अवधि समाप्तिमा बीमांक रकम र बीमा अवधि समाप्तिसम्मको आर्जित बोनस समेत एकमुष्ठ भुक्तानी गरिनेछ ।

बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा प्रस्तावकको मृत्युबापत बीमांक रकम र आर्जित बोनस तथा बीमित बालबालिकाको मृत्युबापत बीमांक रकमको २५ प्रतिशत रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ । बीमा अवधिभित्र प्रस्तावकको मृत्यु भएपश्चात् बीमित बालबालिकाको समेत मृत्यु भएमा बीमांकको २५ प्रतिशत तथा बीमित बालबालिका जीवित रहुन्जेलसम्मको आर्जित बोनस वा बीमितले भुक्तानी गरेको बीमाशुल्क रकम (पूरक करार तथा अतिरिक्तबापतको बीमाशुल्कबाहेक)मध्ये जुन रकम बढी हुन्छ सो रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।

यस योजनामा वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानी गर्नुका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपश्चात सर्मपण मूल्य प्राप्त गर्न सकिनेछ । समर्पण मूल्यको गणना नेपाल बीमा प्राधिकरणको स्वीकृत विधिअनुरूप कम्पनीले गर्नेछ । समर्पण मूल्य प्राप्त भएको बीमालेखमा समर्पण मूल्यको ९० प्रतिशत वा बीमाङ्क रकमको २५ प्रतिशत रकम तथा आर्जित बोनसमध्ये जुन रकम कम हुन्छ सो रकम ऋणको रूपमा प्राप्त गर्न सकिनेछ । बीमा अवधिभित्र बीमित बालबालिका तथा प्रस्तावकको एकै साथ मृत्यु भएमा ऋण सुविधाबापत दिइएको रकम कटाई बाँकी रकम भुक्तानी गरिनेछ । यस योजनामा २१ वर्षदेखिका बीमित प्रस्तावकले अतिरिक्त बीमाशुल्क तिरेर ऐच्छिक पूरक करार सुविधाहरू दुर्घटना मृत्यु लाभ सुविधा, दुर्घटनाबाट हुने अपाङ्ग अशक्त बीमाशुल्क छुट सुविधा तथा घातक रोग सुविधा लिन सकिने छ । बीमाशुल्क भुक्तानी वार्षिक, अर्धवार्षिक, त्रैमासिक, मासिक तथा एकल गरी पाँच तरिकाबाट गर्न सकिने कम्पनीले जनाएको छ ।

‘कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुसीको आभाष भएको बताए । यस योजनालाई मूर्तरूप प्रदान गर्न सहयोग गर्नुहुने नियामक निकाय नेपाल बीमा प्राधिकरण, वास्तविक रि–इन्स्योरेन्स तथा प्रोडक्ट डिपार्टमेन्ट तथा यसलाई साकार पार्न अहोरात्र खट्ने सबैलाई बधाई ज्ञापन गरे । यो योजना सबै सरोकारवालाहरूको हितमा रहेको र यसको फाइदा उठाउन सबैमा आग्रह गरे । आम ग्राहकहरूको आजको आवश्यकतालाई मध्यनजर गर्दै योजना सार्वजनिक गरिएको कुरा बताए । यस योजनाको सफलताको शुभकामना समेत व्यक्त गरे । कार्यक्रममा यस योजनासँग सम्बन्धित प्रस्तुतीकरण कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले गरे । कार्यक्रममा समग्र अभिकर्ताहरूको प्रतिनिधित्व गर्दै पेसागत बीमा अभिकर्ता संघ नेपालका महासचिव ओमबहादुर केसीले यस नयाँ योजनाको सफलताको कामना गरे ।


क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6

तपाईको प्रतिक्रिया