चिनियाँ आयात स्वीकार नगर्ने अमेरिकी अर्थमन्त्री येलेनको चेतावनी
बेइजिङ् । अमेरिकी अर्थमन्त्री जेनेट येलेनले चिनियाँ वस्तुको आयातका कारण नयाँ उद्योग ध्वस्त हुने अवस्था आएको भन्दै आयात स्वीकार नगर्ने चेतावनी दिएकी छिन् ।
चीन भ्रमणमा रहेकी येलेनले सोमबार एक पत्रकार सम्मेलनमा बेइजिङमाथि थप औद्योगिक क्षमतामा लगाम लगाउन आफ्नो मुद्दालाई जोडदारसँग उठाएकी छिन् । उनले भ्रमणका क्रममा चिनियाँ अधिकारी र व्यापारिक नेताहरुसँगको वार्तामा बारम्बार चीनको क्षमताभन्दा बढी आपूर्ति भइरहेको प्रसङ्गलाई उठाइरहेकी छिन् । चिनियाँ आयातको बाढीले सन् २०००को सुरुमा अमेरिकी निर्माण कार्यहरु नष्ट गरेको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले त्यतिबेलाको ‘चीन झड्का’को पुनरावृति अब हुन नदिने बताउँदै आएका छन् ।
येलेनले चीनले विद्युतीय सवारी साधन उत्पादन, विद्युतीय ब्याट्री, सोलार प्यानल र अन्य हरित उर्जाका सामानहरुका लागि राज्यको ठूलो सहयोग जारी राखेमा नयाँ ट्यारिफ लगाउने वा अन्य व्यापारिक अवरोध गर्ने धम्की पनि दिएकी छन् । उनले एक दशकअघि चीन सरकारको समर्थनमा स्थापना भएको स्टिल उत्पादनले विश्वव्यापी बजारमा बाढी ल्याएको र धेरै ठस्ला उद्योगहरु ध्वस्त भएको थियो बताउँदै अब त्यसो हुन नदिने बताइन् ।
चीनका उपप्रधनमन्त्री लियाओले अमेरिकी प्रश्नहरुको गतिलो जवाफ दिएको स्थानीय मिडियाहरुसँग बताएका छन् । उनले अमेरिकाले व्यापार र लगानीमा चिनमाथि लगाएको प्रतिबन्धप्रति ‘गम्भीर चिन्ता’ व्यक्त गरेका छन् ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया