सिड्नीको सपिङ सेन्टरमा चक्कु आक्रमण, छ जनाको मृत्यु
अस्ट्रेलिया । अस्ट्रेलियाको सिड्नीमा रहेको एउटा व्यस्त सपिङ सेन्टरमा एक हमलाकारीले चक्कु प्रहार गरी आक्रमण गर्दा छ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये एक जना छ महिनाका शिशु छन् । केही व्यक्ति घाइते भएका छन् ।
हमलाकारीले धेरै मानिसमाथि छुरा प्रहार गरेको र उसलाई पत्ता लगाई एक महिला प्रहरीले हानेको गोली लागी मृत्यु भएको छ । अहिले ती महिला प्रहरीलाई अस्ट्रेलियाका नागरिकहरूले राष्ट्रिय नायक भएको टिप्पणी गरेका छन् ।
प्रहरीका अनुसार पाँच महिला र एक पुरुषको मृत्यु भएको छ । बालकको भने आपत्कालीन शल्यक्रिया भइरहेको अवस्थामा मृत्यु भएको हो । शनिबार दिउँसो वेस्टफिल्ड बन्डी जङ्क्सन मल परिसरमा हजारौँ खरिदकर्ताले किनमेल गरिरहेको बेला घटना घटेको हो ।
प्रहरीले हमलाकारी ४० वर्षीय व्यक्ति रहेको बताएको छ । तर, शनिबार साँझसम्म उसको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।
न्यू साउथ वेल्स एम्बुलेन्सका प्रवक्ताले आठ घाइतेलाई सिड्नीका विभिन्न अस्पतालमा पु¥याइएको जानकारी दिए । तीमध्ये एक बालकलाई सहरको बाल अस्पतालमा लगिएको थियो । घटनामा परेका सबैलाई गम्भीर चोट लागेको छ ।
सुरक्षा क्यामेराको फुटेजमा अस्ट्रेलियाली रग्बी लिगको जर्सी लगाएका एक व्यक्तिलाई चक्कु लिएर सपिङ सेन्टरको चारैतिर दौडिरहेको देखाइएको छ । रगतले लतपतिएका घाइतेहरू भुइँमा लडिरहेका थिए ।
प्रत्यक्षदर्शीहरूले आतंकको दृश्य वर्णन गरेका छन् । उनीहरूका अनुसार पसलहरू सुरक्षाका लागि दौडिरहेका थिए भने प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित पार्ने प्रयास गरिरहेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया