काठमाडौं । सरकारले तिर्न बाँकी ऋण २३ खर्ब ८५ अर्ब ७९ करोड २१ लाख रुपैयाँ पुगेको छ । यसमध्ये आन्तरीक ऋण दायित्व ११ खर्ब ७९ अर्ब ४८ करोड चार लाख रुपैयाँ र बाह्य ऋण दायित्व १२ खर्ब छ अर्ब ३१ करोड १७ लाख रुपैयाँ छ ।
गत आसार मसान्तमा सार्वजनिक ऋण २२ खर्ब ९९ अर्ब ३५ करोड रुपैयाँ थियो । चैत मसान्तमा आइपुग्दा ८६ अर्ब ४४ करोड रुपैयाँले बढेको छ ।
सरकारको आम्दानी खुम्चिदै जाँदा ऋण लिएर ऋण तिनुपर्ने अवस्था आएकोले सार्वजनिक ऋण बढ्दै गएको देखिन्छ । महालेखानियन्त्रकको कार्यालयका अनुसार यस वर्ष चैत मसान्तसम्म ५२ दशमलव ५८ प्रतिशत राजस्व संकलन भएको छ । जुन सात खर्ब ४८ अर्ब हुन्छ । तर यो अवधिमा सरकारले नौ खर्ब नौ अर्ब रुपैयाँ खर्च गरेको छ । आम्दानी बढ्न नसकेपछि खर्चका लागि ऋणको भर पर्नुपरेको देखिन्छ ।
सरकारले ऋण तिनैकै लागि थप ऋण लिनुपरेको तथ्यांकमा देखिन्छ । चैतसम्म सरकारले कुल दुई खर्ब ३८ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ ऋण लिएको छ । यस अवधिमा एक खर्ब ५२ अर्ब ५० करोड दुई लाख रुपैयाँ भुक्तानी गरेकोक छ । सरकारले बाह्य ऋणको तुलनामा अन्तरिक ऋण प्राप्ती बढी गरेको छ । नौ महिनामा सरकारले बाह्य ऋण ६२ अर्ब ९३ करोड ९९ लाख रुपैयाँ लिएको छ भने आन्तरिक ऋण एक खर्ब ७६ अर्ब रुपैयाँ लिएको छ । त्यस्तै बाह्य ऋण २६ अर्ब ८७ करोड ६९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने आन्तरिक ऋण एक खर्ब २५ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
विकास निर्माण सुस्त हुँदा बाह्य ऋण कम प्राप्त भएको छ । सरकारले आन्तरिक ऋण उठाएर खर्च गरेको देखिन्छ । राजस्व कम उठेपछि आन्तरिक ऋण उठाएर प्रशासनिक खर्च गरिरहेको देखिन्छ । जुन अर्थतन्त्रका लागि राम्रो होइन ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- दोलखाका तीन सहकारीले डाके विशेष साधारणसभा
- नेपालमा लगानी भित्र्याउन कोरियाली राजदूतसँग आग्रह
- बैंकको ब्याज मुद्रास्फीतिकै विन्दुमा, किन बढेन कर्जाको माग ?
- अत्यासलाग्दो आगलागीको कारण र निराकरण
- पुराना कार्यक्रम नयाँ घोषणा
- विशाल ग्रुपका सञ्चालकहरूको भागाभाग, अझै परेनन् पक्राउ
- आम्दानीभन्दा खर्च बढी सरकारी वित्त घाटामा
- जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया