सूर्य ज्योति लाइफ इन्स्योरेन्सद्वारा साधारणसभाको आह्वान
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभाको आह्वान गरेको छ । कम्पनीले यही वैशाख २१ गते विराटनगरस्थित होटल हैरिसन प्यालेसमा आफ्नो १६ औं वार्षिक साधारणसभा गर्न लागेको हो ।
वार्षिक साधारणसभामार्फत कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी चार अर्ब ५४ करोड ५५ लाख ७२ हजार एक सय रुपैयाँको २७ दशमलव ७४ प्रतिशतका दरले हुन आउने एक अर्ब १२ करोड ४५ लाख ७४ हजार पाँच सय ३७ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक कम्पनीले हाल कायम रहेको चुक्ता पुँजीको १० दशमलव २६ प्रतिशतका दरले हुन आउने ४६ करोड ६३ लाख ७५ हजार छ सय ९७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ । बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्ता पुँजी पाँच अर्ब एक करोड १९ लाख ४७ हजार सात सय ९७ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनका लागि कम्पनीको यही वैशाख सात गते एक दिनको लागि सेयर दर्ता किताब बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
- द नेपाल डिस्टिलरिजद्वारा बालाजु क्षेत्रमा पोल र सडक बत्ती जडान
- माछापुच्छ्रे बैंकद्वारा दुर्घटना बीमाको रकम हस्तान्तरण
- ग्लोबल आइएमई बैंकलाई ‘बेस्ट बैंक अवार्ड’
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया