नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष न्यौपानेलाई तीन वर्ष कैद, २५ करोड जरिवाना
काठमाडौँ । नेपाल इञ्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपानेलाई विशेष अदालतले तीन वर्ष कैद सजाय तोकेको छ । सम्पत्ति शुद्धीकरण गरेको आरोपमा दोषी ठहर भएका न्यौपानेलाई विशेषका अध्यक्ष न्यायाधीश टेकनारायण कुवँर र सदस्य न्यायाधीश रामबहादुर थापाको इजलासले तीन वर्षको कैद र २५ करोड ६९ लाख ७५ हजार जरिवाना तोकेको हो ।
सम्पत्ति शुद्धीकरण विभागले न्यौपानेविरुद्ध १२ करोड ८४ लाख ८७ हजार बराबरको सम्पत्तिको स्रोत खुल्न नसकेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले विभागको मागबमोजिम बिगोको दोब्बर जरिवाना तोकेको हो । विभागले न्यौपानेसहित ६ जना पूर्वसञ्चालकविरूद्ध मुद्दा चलाएको थियो । उनीहरूले संगठितरूपमा कलेजको झण्डै आठ करोड रकम हिनामिना गरेको विभागमा उजुरी परेको थियो । उजुरी परेपछि विभागले दुई वर्षसम्म छानबिन गरी मुद्दा चलाएको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 7
ताजा अपडेट
- कोशी प्रदेशबाट मनसुन भित्रिने विज्ञहरुको अनुमान
- असारको दोस्रो हप्ताभित्र एसईईको नतिजा सार्वजनिक गर्ने तयारी
- तरकारीखेतीबाट वार्षिक ५० लाख कमाउँदै ‘बक्सिङ’ प्रशिक्षक थापा
- सुपारी प्रशोधनका लागि ४० लाख अनुदान
- जलवायु परिवर्तनले हिमालमा परेको असर न्यूनीकरण गर्नुपर्नेमा जोड
- सत्ता समीकरणमा फेरबदल हुँदैन, सरकार पाँचै वर्ष टिक्छ: प्रधानमन्त्री दाहाल
- लेक उक्लिएका भेडाका बथानले ढाकिएको रिग क्षेत्र
- अध्यक्ष सीबी लामा भारतीय सीमा छेउबाट पक्राउ
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया