कृषकलाई डिजिटल तथ्याङ्कमा समावेश गर्दै प्रविधिसँग जोड्न विज्ञहरूको सुझाव
काठमाडौं, असार १
नेपालमा करिब ७० प्रतिशत मानिसहरू आश्रित रहेको कृषि पेशा प्रविधिकोे प्रयोग, माग र आवश्यकताअनुसार प्रविधिमैत्री हुँदै जानुपर्नेमा शनिबार आयोजित डिजिटल संवादमा जोड दिइएको छ । कृषिको डिजिटलाइजेसन भनेको के हो ? यसका आयामहरू के–के हुन, यसबाट कृृषकलाई के फाइदा हुन्छ तथा कसरी प्रयोग गर्ने भन्ने सन्दर्भमा छलफल सम्पन्न भएको थियो ।
ब्लकचेन, कृषिमा आर्टिफिसियल इन्टेलिजेन्सजस्ता नयाँ प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्नेगरी कार्यक्रम डिजाइन गर्न, कृषिलाई विकास गर्दै डिजिटलाइजेसन गर्नुपर्ने आवश्यकता, यसको सम्भावना र चुनौतीको बारेमा पनि छलफलले जोड दिएको छ । डिजिटल नेपाल फ्रेमवर्क २०१९ मा समेत कृषि क्षेत्रका पहलहरूमा प्रविधिको प्रयोग गरी कृषिमा लागत कम तथा प्रतिफल बढाउने कार्यक्रमहरू रहेका छन् । अब कृषिलाई उच्च प्राथमिकता दिएर युवालाई यसतर्फ आकर्षित गर्दै नयाँ प्रविधिको प्रयोगमा जोड दिनुपर्ने पूर्वमन्त्री गणेश शाहले बताए ।
कृषिबाट उच्च फाइदा लिन आईसीटी महत्वपूर्ण टुल्सको रूपमा प्रयोग हुने शाहको भनाइ छ । कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. बिमप्रसाद श्रेष्ठले अरू देशहरू एग्रिकल्चर ४ दशमलव शून्यको अवधारणामा गइसकेको हुँदा हामीले पनि प्रविधि प्रयोगलाई अत्यावश्यक बनाउनुपर्ने बताए । कृृषकका समस्याहरूको समाधान, निर्णय गर्नसक्ने वातावरण र उत्पादनको बजारीकरणको लागि आईसीटीको प्रयोग महत्वपूर्ण हुने उनको भनाइ छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कृषि मन्त्रालयका पूर्वसचिव जयमुकुन्द खनालले सरकारको योजना र कार्यान्वयनसँग किसानको आवश्यकता तालमेल नहुँदा उपलब्धि हासिल हुन नसकेको बताए । उनले कृषि मन्त्रालयले विभिन्न निकाय, निजी क्षेत्र र कृषकसँग समन्वय गर्दै प्रविधिमैत्री कृषि बनाउन काम गर्नुपर्ने सुझाव दिए । यसैगरी कृषि सूचना तथा तालिम केन्द्रका प्रमुख डा. श्रीराम घिमिरेले कृषककोे आवश्यकता र समयको मागअनुसार काम गर्न नसकेको स्वीकार गरे ।
डिजिटल संवादको १२औं श्रृंखलामा कृषिमा डिजिटलाइजेसन विषयको कार्यक्रममा एक सय बढी सरोकारवाला, कृषक तथा जिज्ञासुहरूको सहभागिता रहेको थियो । कार्यक्रममा कृषि मन्त्रालयका सहसचिव शवनम शिवाकोटीले सरकार डिजिटलाइजेसनको प्रोसेसमा सँगै रहेको र केही कामहरू अघि बढिसकेको बताइन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै आर एण्ड डी इन्नोभेसनका सीईओ डम्बर खनालले बैंक, प्राविधिक, इन्सुरेन्स सेवाहरू कृषकसमक्ष पुग्न नसकेको र यसलाई सरलीकरण गर्न पनि डिजिटलाइजेसन आवश्यक रहेको बताए । प्रोसेस र मेकानिजम कम्प्लिकेटेड भएको कारण पनि कृषकलाई लक्षित सेवा दिन नसकेको बताउँदै खनालले भइरहेका एप सर्भिसहरूलाई एकीकृत गर्दै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
यसैगरी डिबिटुम्यापका राजनमान बज्राचार्यले कृषकको लागि प्लानिङ, डिसिजन सपोर्ट, एड्भाइजरी, एक्सटेन्सन सर्भिस र भर्चुअल मार्केटप्लेसको रूपमा डिजिटल प्रविधिले समाधान दिने बताए । ब्लकचेन, एआई, किसान कार्ड जस्ता प्रविधिको प्रयोग गर्दै एउटा उपयोगी प्लाटफर्म बनाएर काम गर्न सके प्रभावकारी हुनसक्ने बज्राचार्यको भनाइ थियो ।
कृषकलाई प्रविधिसँग जोड्न स्थानीय निकायको भूमिका महत्वपूर्ण हुने बताउँदै फेदिखोला गाउँपालिकाका मेयर घनश्याम सुवेदीले प्रविधिलाई सरलीकरण गरेर हलो जोत्ने किसानसम्म सेवा पुग्नुपर्ने बताए । आफ्नो पालिकामा केही उदाहरणीय काम गरेको भन्दै सुवेदीले डिजिटल इन्फ्रास्ट्रक्चर र प्रविधिमैत्री कृषि साक्षरताको विकासमा सरकारले ध्यान दिनुपर्ने बताए ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया