रिचार्जरमा जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा
काठमाडौं, असार १५
मोबाइल एप रिचार्जरले कोरोना प्रतिरोधात्मक जुस किन्दा १० थान केएन९५ मास्क सित्तैमा उपलब्ध गराउने भएको छ । आफ्ना प्रयोगकर्तालाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको जनाएको छ । रिचाजर्रले यही असार १६ गते मंगलबार दिउँसो २ बजेदेखि ३ बजेसम्म एक घण्टाको अवधिमा कम्तीमा १० बोतल भिटामिन सीयुक्त डबल सी ब्रान्डको जुस अर्डर गर्नेहरुलाई निःशुल्क मास्क उपलब्ध गराउने भएको हो । उक्त सेल अवधिमा जुस अर्डर गर्दा रिचार्जरका प्रयोगकर्ताले एक हजार क्यास प्वाइण्ट भने रिडिम गर्नुपर्ने हुन्छ । रिचार्जरको मोबाइल एप डाउनलोड गरी खाता सञ्चालन गर्नासाथ एक हजार क्यास प्वाइण्ट पाइने रिचार्जरले जनाएको छ ।
साबिकका प्रोयोगकर्ताको हकमा खातामा सञ्चित रहेको क्यास प्वाइण्ट रिडिम गरेर जुस किन्दा मास्क निःशुल्क पाइने ग्लोबल कि टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाईडरले बताए । ‘अहिले बजारमा १० वटा मास्कको मूल्य नै एक हजार रुपैयाँभन्दा धेरै पर्छ । त्यहि भएर थाइल्याण्डमा उत्पादित उच्च गुणस्तरको इम्युनिटी बुस्टर जुस किन्दा मास्क सित्तैमा दिन लागेका हौं’, अलाइभ ग्लाइडरले भने । यो अफरमा आउने अर्डरको डेलिभरी ढिलोमा ४८ घण्टामा गरिसक्ने रिचार्जरले जनाएको छ ।
मोबाइल, ल्यापटप तथा इलेक्ट्रोनिक ग्याजेटेस्हरु भने अर्डर गरेको २४ घण्टाभित्र डेलिभरी हुनेछ । रिचार्जरले घर, पसल, अफिस, बैंक तथा वित्तीय संस्था, होटललगायत सबै क्षेत्रको लागि कोभिड १९ का सुरक्षा उपकरणहरु समेत सुपथ मूल्यमा उपलब्ध गराउँदै आएको छ । जतिको रिचार्ज ग¥यो त्यति नै क्यास प्वाइन्ट पाइने रिचार्जरले बीमा, बिजुली, इन्टरनेट, टिभीलगायतका सेवाको महसुल भुक्तानी गर्दा पनि २० प्रतिशत क्यास प्वाइन्ट दिन्छ । यसरी उपलब्ध हुने क्यास प्वाइन्टलाई सामान किन्दा छुटको रुपमा प्रयोग गर्न सकिन्छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया