एयरबसका १५ हजार कर्मचारीको रोजगारी गुम्दै
लन्डन, असार १८
विमान निर्माता युरोपेली कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्ने योजना अघि सारेको छ । बीबीसीका अनुसार कोरोना संकटबाट पर्ने असर न्यूनीकरण गर्न रोजगारी कटौतीको योजना अघि सारिएको हो । विशेषगरी बेलायतमा १ हजार ७ सय र जर्मनी, स्पेन तथा अन्यत्र गरी उक्त संख्यामा रोजगारी कटौती हुनेछ ।
द युनाइट युनियनले भने कम्पनीको कदमको विरोध गरेको छ। एयरबसले विश्वभर १ लाख ३४ हजारलाई रोजगारी दिएको छ । कम्पनीले बेलायतमा व्यावसायिक एयरक्राफ्ट डिभिजनतर्फका रोजगारी कटौती गर्ने छ । बेलायतको ब्रोउटन र ब्राइस्टोल क्षेत्रका कर्मचारीको रोजगारी गुम्ने देखिएको छ । हप्ताको अन्त्यतिर युनियनहरुसँगको कुराकानीपछि मात्रै यसबारे थप कुरा सार्वजनिक हुने बताइएको छ ।
यद्यपि युनाइटले १ हजार १ सय १६ उत्पादनतर्फका र ६ सय ११ कार्यालयीय रोजगारी कटौती हुनसक्ने आँकलन गरेको छ । उक्त संख्यामा कटौती भए एयरबसको १५ प्रतिशत बेलायती कार्यशक्ति गुम्नेछ । रोजगारी कटौतीको योजना कम्पनीले मंगलबार सार्वजनिक गरेको थियो । गत केही महिनायता कम्पनीको उत्पादन ४० प्रतिशतले घटिसकेको छ । सन् २०२३ सम्म कोरोना संकटअघिकै अवस्थामा उत्पादन नहुने आँकलन गरिएको छ ।
कम्पनीका प्रमुख कार्यकारी गलाउमे फाउरीले कम्पनीले अहिले यसअघि कहिल्यै नभोगेको संकटको सामना गरिरहेको बताउँदै आवश्यक कदम चालिने उल्लेख गरे । यसैबीच, इजी जेटले पनि बेलायती बेसमा रहेका २ हजार रोजगारी कटौती गर्ने घोषणा गरेको छ । रोयटर्सका अनुसार एयर फ्रान्स/केएलएमले पनि ६५ सय रोजगारी कटौतीको तयारी गरेको छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया