Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारअन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउमा गिरावट


अमेरिका । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ तीन दिन यता लगातार घटेको छ । तीन कारोबार दिनमा ब्रेन्ट आयल प्रतिब्यारेल पाँच अमेरिकी डलरले घटेको छ । अप्रिल २६ मा प्रतिब्यारेल ८९ दशमलव पाँच डलरमा कारोबार भएको ब्रेन्ट आयल बुधबार साँझसम्म ८४ दशमलव पाँच डलरमा झरेको छ । जुन गत मार्च १४ यताकै न्यून मूल्य हो ।

मध्यपूर्वमा युद्धविराम सम्झौताको आशा र शीर्ष उपभोक्ता अमेरिकामा कच्चा तेलको भण्डारण र उत्पादन दुवै बढेपछि भाउमा गिरावट आएको हो । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले रफाहमा हमलालाई अगाडि बढाउने बाचा गरे पनि इजिप्टको नेतृत्वमा इजरायल र हमासबीच युद्धविराम सम्झौता हुने अपेक्षा बढेको छ । युद्धविरामको लागि बजारले पर्खिरहेको थियो ।

यसबाहेक अमेरिकी मुद्रास्फीतिले ब्याजदर कटौतीको अपेक्षालाई थप घटाएकाले पनि कच्चा तेलको मूल्यमा गिरावट आएको विश्लेषण गरिएको छ । मुद्रास्फीति बढ्दा अमेरिकी फेडरल रिजर्भले ब्याजदर कटौती गर्ने सम्भावना कम छ । ब्याजदर कटौतीले आर्थिक वृद्धि र इन्धनको मागलाई बढाउँछ तर त्यसो हुने सम्भावना कम आकलन गरिएको छ ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मंगलबार र बुधबारको बैठकले ब्याजदर स्थिर राख्ने निर्णय गर्ने अनुमान गरिएको छ । यही कारण कच्चा तेलको भाउमा कमी आएको हो ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया