Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारबंगलादेशमा गर्मीका कारण विद्यालय बन्द

बंगलादेशमा गर्मीका कारण विद्यालय बन्द


ढाका  । गर्मीका कारण बंगलादेशको एक अदालतले सोमबारदेखि देशभरका विद्यालय बन्द गर्न आदेश दिएको छ । यसअघि सरकारले गर्मीका कारण अप्रिल २१ गतेदेखि एक हप्ताका लागि देशव्यापी रुपमा विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । तर, सोमबारदेखि विद्यालयमा नियमित उपस्थित भई कक्षा सञ्चालन गर्न सरकारले आग्रह गरेपछि अदालतले विद्यालय फेरि बन्द राख्न आदेश दिएको हो ।

जलवायु परिवर्तनका कारण तातो हावा चल्दा बंगलादेशमा शिक्षक, कर्मचारी र विद्यार्थीहरु बिरामी परिरहेका छन् । केहीको मृत्यु भएको खबर आएको छ ।

राजधानी ढाकाको औसत तापक्रम नै ३० वर्षको औसतभन्दा ४÷५ डिग्री सेल्सियसमाथि पुगेको छ । उच्च अदालतका दुई न्यायाधीशको संयुक्त इजलासले गर्मीका कारण सबै प्राथमिक र माध्यमिक विद्यालय र मदरसाहरु बन्द गर्ने आदेश जारी गरेको हो । वकिलहरुले गर्मीका कारण केही शिक्षकहरुको मृत्यु भएको बताएपछि अदालतले विद्यालय बन्द राख्न आदेश गरेको उपमहान्यायाधिवक्ता शेख सैफुज्जमानले जानकारी दिएका छन् । अदालतले आगामी आइतबारसम्म विद्यालय बन्द गर्न आदेश गरेको हो ।

बंगलादेशको मौसम विभागले बिहीबारसम्म तापक्रम नघट्ने जनाएको छ । मौसमविद् मोहम्मद अबुल कलाम मल्लिकले सन् १९४८ तापक्रम रेकड गर्न सुरु गरिएकोे र त्यसयता बंगलादेशमा यति ठूलो गर्मी नदेखिएको बताएका छन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया