Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने

एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको अवसर खोजिने


बैंकक । एसिया प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणका अवसरहरू खोज्न र डिजिटल विकासलाई एसियाली कम्पनीहरूले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

चिनियाँ प्रविधि कम्पनी हुवावे र आसियान फाउन्डेसनद्वारा बैंककमा आयोजित ‘एसिया प्रशान्त क्षेत्रीय डिजिटल तथा बौद्धिकता सम्मेलन–२०२४’मा ती कम्पनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सोमबारदेखि सुरू भएको दुईदिने उक्त सम्मेलनमा एसिया–प्रशान्त क्षेत्रका १५ देश र सार्वजनिक तथा निजी क्षेत्रका दुई हजारभन्दा बढी प्रतिनिधिहरु सहभागी भएका थिए । सबै सहभागीहरुले अग्रणी डिजिटल तथा बौद्धिकता पूर्वाधारको प्रयोगका लागि जोड दिएका हुन् ।

सम्मेलनको उद्घाटन समारोहमा बोर्डका उपाध्यक्ष र हुवावेका प्रमुख वित्तीय अधिकारी मेङ वान्झाउले एसिया–प्रशान्त अन्य क्षेत्रहरूका लागि डिजिटल प्रेरणा र आफ्नो डिजिटल अर्थतन्त्रको विकास गर्न खोजिरहेको र तिनीहरूका लागि रोल मोडेल बनेको बताएका छन् ।

अनुसन्धान र विकासमा लगानी गर्न हुवावे उत्सुक रहेको र ग्राहकहरूको लागि उपयोगी सिर्जना गर्न र एसिया–प्रशान्त क्षेत्रका मानिसहरूलाई डिजिटल र बौद्धिक प्रविधिहरूका फाइदाहरू पु¥याउन साझेदारहरूसँग खुलारूपमा सहकार्य गर्नतर्र्फ आफ्नो ध्यान जारी राख्ने मेङले बताए ।

सम्मेलनमा बोल्दै थाई डिजिटल अर्थतन्त्र र समाजका मन्त्री प्रसर्ट जन्तरारु आङटोङले थाइल्यान्डले राष्ट्रिय विकासका लागि आवश्यक नीति बनाई डिजिटल रूपान्तरणलाई प्राथमिकता दिइरहेको जानकारी गराए । उनले थाइल्यान्डले डिजिटल अर्थतन्त्रलाई प्रतिस्पर्धात्मक बनाउनको लागि प्रमुख चालकको रूपमा विकास गर्ने लक्ष्य राखेको बताए ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया