लकडाउनका तीन महिनामा १ हजार १ सयभन्दा बढी पीडित
काठमाडौं, असार ३१
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले देशभर लकडाउनको अवधिका तीन महिनामा एक हजार एक सय १९ जना मानव अधिकार उल्लंघन तथा ज्यादतीका घटनाबाट पीडित भएको जनाएको छ । इन्सेकद्वारा सोमबार सार्वजनिक गरिएको लकडाउनका तीन महिनाको अभिलेख आवधिक प्रतिवेदनमा सो तथ्यांक उल्लेख गरिएको छ ।
प्रतिवेदनमा समेटिएका तथ्य तथ्यांकहरू गत चैत ११ गतेदेखि असार १० गतेसम्मका रहेको इन्सेकले जनाएको छ । यो अवधिमा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट आठ सय ४१ जना महिलासहित एक हजार ५५ जना गरी एक हजार एक सय १९ जना पीडित भएका घटना इन्सेकले अभिलेख गरेको जनाएको छ । अभिलेखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा चार सय ७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा दुई सय ८४ जना पीडित भएको इन्सेकले जनाएको छ ।
त्यसैगरी, यो अवधिमा ११ जनालाई अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, एक सय १२ जना घाइते भएको, एक सय दुई जनालाई कुटपिट गरिएको, छ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, दुई जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकले अभिलेख गरेको प्रतिवेदनमा उल्लेख छ ।
लकडाउनका तीन महिनामा २५ जना स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार भएका घटना इन्सेकले अभिलेख गरेको छ । मानव अधिकारको संरक्षण र संवद्र्धनमा राज्यको दायित्व हुने भए पनि यस अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको भन्दै इन्सेकले स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन माग समेत गरेको छ ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया