Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधवडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण

वडाबाटै सामाजिक सुरक्षाभत्ता वितरण


दोलखा । जिल्लाको तामाकोशी गाउँपालिका र वैतेश्वर गाउँपालिकाले वडाबाटै नेपाल सरकारले उपलब्ध गराउँदै आएको सामाजिक सुरक्षा भत्ता वितरण गर्ने गरेका छन् । यहाँका दुई गाउँपालिका तथा वडाले स्थानीय बैंकसँग समन्वय गरेर वडाबाटै जेष्ठ नागरिकहरूको सहजताको लागि प्रत्येक वडामा घुम्ती शिविरमार्फत भत्ता वितरण गर्ने गरेको जनाएका छन् ।

वैतेश्वरले यसपटकको भत्ता वितरण वैशाख ७ गतेदेखि गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष छवि लामाले जानकारी दिए । पालिकाले वडा नम्बर–८ बाट सुरु गरेको भत्ता वितरण कार्यक्रम अन्तिम चरणमा पुगेको जनाएको छ ।


क्याटेगोरी : बिबिध
ट्याग : #Page 11

तपाईको प्रतिक्रिया