धनगढी, साउन ७
कैलालीको लम्कीचुहा नगरपालिकामा गत आर्थिक वर्षको मिति राखेर पालिकाका कर्मचारीले आवासगृहमै कानुनविपरीत चेक काटेको पाइएको छ । नगरपालिकाले कर्मचारीको आवासका लागि बनाएको आवासगृहमा सोमबार प्रक्रिया र कानुनविपरीत आर्थिक वर्ष २०७६/७७ को भुक्तानी दिन भनी चेक काटिरहेको पाइएको हो । गत आव सकिएर नयाँ आव २०७७/७८ सुरु भइसके पनि कानुनविपरीत लम्कीचुहाका कर्मचारी आवासगृहमै बसेर चेक काटिरहेको पाइएको हो । नगरपालिकाका लेखा अधिकृत धर्मराज उपाध्याय, लेखापाल सरोजकुमार चौधरीलगायत कर्मचारी आवासगृहमा बसेर चेक काटिरहेको अवस्थामा फेला परेका हुुन् ।
नगरप्रमुख महादेव बजगाईँले सुरुमा आफू काठमाडौँ रहेको र चेक काट्ने कुरा असार मसान्तमा सकिसकेको बताए पनि पछि कोरोना रोकथामका बेला भएका खर्चको भुक्तानी दिनुपर्ने बाध्यता रहेको र त्यसै कारणले कर्मचारीले चेक काटेको आफूलाई रिर्पोटिङ आएको बताए । नगरप्रमुख बजगाईँले गत आवको कागजात मिलाउने काममा पनि कर्मचारी लागेको स्वीकार गर्दै तिनले नियमसंगत रूपले क्वारेन्टाइन व्यवस्थापनको खर्चको चेक काटेको दोहो-याए । नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले भने कानुनअनुसार गत वर्षको मिति राखेर नयाँ चेक जारी गर्न नमिल्ने स्वीकार गरे ।
चेक काटिरहेका अवस्थामा भेटिएका लेखा अधिकृत धर्मराज उपाध्यायले नगरपालिकाको कार्यालयमा भीडभाड हुने तथा काम गर्न असहज भएको हुनाले आवासगृहमा चेक काटेको बताए । उनले आफू सेवामा नयाँ प्रवेशी भएकाले केही प्राविधिक कुरा जानकारी नभएको स्वीकार्दै अब कोष तथा लेखा नियन्त्रण कार्यालयसँगको छलफलमा अघि बढ्ने बताए । कोष तथा लेखा नियन्त्रण कार्यालय कैलालीका प्रमुख कोष नियन्त्रक लक्ष्मीप्रसाद जोशी गत आवकै बजेट भुक्तानीका लागि पुरानो मिति राखेर अहिले चेक जारी गर्नु कानुनसम्मत नभएको बताउँछन् । भुक्तानीका लागि गत वर्ष नै काटिसकेका चेक सम्बन्धित पक्षलाई वितरण गर्न आव सकिएको ३० दिन अवधि दिइए पनि पुरानो आवको चेक अहिले नयाँ आव सुरु भइसकेका अवस्थामा काट्नु कानुनविपरीत हुने जोशीले बताए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- मुलुकको समृद्धिका लागि राजनीतिक स्थिरता आवश्यक : महासचिव पोखरेल
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया