भारतमा नागरिकता कानुनविरुद्धको प्रदर्शनमा २० जनाको मृत्यु
नयाँ दिल्ली, पुस ६
भारतमा नागरिकतासम्बन्धी हालै संशोधन गरिएको कानुनलाई लिएर देशका विभिन्न स्थानमा भएका विरोधका क्रममा एक आठ वर्षीय बालकसहित चार जनाको मृत्यु भएको शनिबार भारतीय अधिकारीहरूले बताएका छन् । शनिबारको मृत्युसंख्यासहित संशाधित नागरिकतासम्बन्धी कानूनलाई लिएर अहिलेसम्म देशभर २० जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको उत्तर प्रदेशमा प्रदर्शनकारी थप हिंसात्मक बनेपछि भीडलाई नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि चार प्रदर्शनकारीको मृत्यु भएको उत्तर प्रदेशका प्रहरी प्रवक्ता शिरिषचन्द्रले बताए ।
शनिबार वाराणासीमा प्रहरीको दवाबपछि करिब दुई हजार ५०० प्रदर्शनकारीहरूबीच भएको भागदौडका क्रममा आठ बर्षिय बालकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रभाकर चौधरीले बताए । संशोधनसहितको नागरिकतासम्बन्धी नयाँ कानुनको विषयलाई लिएर भारतका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेका छन् । नयाँ नागरिकता कानुनको विरोधमा विभिन्न संघ÷संगठनले संयुक्त रुपमा केन्द्रीय रेलवे स्टेसनमा बृहत् प्रदर्शन गरेका हुन् । ती सबै संगठनहरु नयाँ कानुनको विपक्षमा छन् । उनीहरुले सो कानुनविरुद्धमा प्लेकार्ड तथा व्यानर प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । विरोध प्रदर्शन आयोजना गरिएका ठाउँहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले जनाएका छन् । कतिपय ठाउँमा प्रदर्शनकारी र सुरक्षाकर्मीहरुबीच झडप भएको छ । भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनलाई लिएर भएका प्रदर्शनका क्रममा उत्तर भारतमा शुक्रबार थप चार जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
प्रदर्शनका कारण राजधानी नयाँ दिल्लीलगायत खासगरी मुसलमान समुदाय रहेका सहरी क्षेत्रहरूमा जनजीवन प्रभावित बनेको स्थानीय टोलिभिजनहरूले उल्लेख गरेका छन् । प्रदर्शनकारीले विभिन्न ठाउँमा ढुंगामुढा, आगजनी र तोडफोड गरेका छन् भने भीड नियन्त्रणका लागि प्रहरीले विशेष बलको प्रयोग गरेको छ । केही स्थानमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएका बताइएको छ । सरकारले हालै ल्याएको नयाँ कानुनी व्यवस्थाले विवादास्पद आप्रवासीलाई भारतको नागरिकता दिने व्यवस्था गरेसँगै देशव्यापीरुपमा आन्दोलन चर्किएको हो । नयाँ व्यवस्थाले पाकिस्तान, बंगलादेश र अफगानिस्तानबाट आएको प्रमाण पेस गर्ने हिन्दू, शिख, बौद्ध, जैन, पारसी र इसाइ धर्मावलम्बीले भारतको नागरिकता पाउने भएका छन् । भारतको नागरिकता लिन उनीहरु ११ वर्ष बसेको वा काम गरेको हुनुपर्ने कानुनी व्यवस्था छ । रासस/एएफपी
क्याटेगोरी : समाचार
ताजा अपडेट
- बजेटको अनिश्चितता र अर्थमन्त्रीमाथि बढेको दबाब
- विश्व रेडक्रस दिवस र नेपाल
- आयु बढ्दाको खुसी
- समसामायिक राजनीतिक व्यङ्ग्य
- राष्ट्र बैंकको नियतमै खोट
- स्मार्ट टेलिकमको घोटाला छानबिन गर्न माग
- पेमेन्ट गेटवे प्रकरणमा पौडेललाई ९ वर्ष कैद र २३ करोड जरिबाना
- डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया