Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधडीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !

डीएसपी थापा र बिचौलिया मालीको सेटिङमा जाहेरी नै गायब !


काठमाडौं : महानगरीय प्रहरी वृत्त लैनचौर सोह्रखुट्टेका डीएसपी सत्यनारायण थापाले प्रहरी महानिरीक्षकको सचिवालयबाट सूचित गरिएको अभद्र व्यवहारको घटनामा जाहेरी लिनुअघि नै अभद्रकारी पक्षसँग कुनै पनि हालतमा उजुरी नलिने भद्र सहमति गरेको थाहा भएको छ । डीएसपी थापाले मुद्दा हेर्ने इन्स्पेक्टर श्यामकुमार बस्नेतलाई साथै लिएर अभद्रकारी विजय माली र उनलाई त्यहाँ पु¥याउने सुचेनमान मालीसँग वैशाख १९ गते दिउँसो त्यस्तो भद्र सहमति गरेका हुन् ।

वैशाख १८ गते बिहान अफिस जान लाग्दा आर्थिक दैनिकका अध्यक्ष एवं संस्थापक सम्पादक प्रह्लाद रिजाललाई विजय मालीले क्षेत्रपाटीमा बाटो छेकेर अभद्र व्यवहार गरेका थिए । आईजीपी सचिवालयले पत्रकार रिजालमाथि क्षेत्रपाटीमा मालीले बाटो छेकेर अभद्र व्यवहार गरेको डीएसपी थापालाई तत्काल सूचित गरेको थियो । जब कि आफूले हेर्ने क्षेत्रमा भएको त्यस्तो घटनाको डीएसपी थापाले आफूमाथिका निकाय र आईजीपी सचिवालयलाई रिपोर्टिङ गर्नुपर्ने हो, त्यो त उनले गरेनन् नै, उल्टै आईजीपी सचिवालयबाट सूचित गरिएको घटनामा पनि सार्वजनिक बिदाको दिन पारेर पीडकसँग भेटवार्ता गरेर कारबाही अघि नबढाउने भद्र सहमति गर्नुले उनको संगठनप्रतिको निष्ठा र ‘चेन अफ कमान्ड’प्रतिको विश्वासमाथि प्रश्नचिह्न खडा गरेको छ ।

यस सम्बन्धमा डीएसपी थापाले १९ गते पीडक विजय मालीलाई लिएर सुचेनमान माली आफूकहाँ आएको र लामो भेटवार्ता भएको अभद्र व्यवहारमा परेका पत्रकार रिजालसँगको वैशाख २० गतेको भेटमा स्वीकारेका छन् । उनले कालेले उसलाई लिएर आएको बताएका थिए । पत्रकार रिजालमाथि अभद्र व्यवहार गर्ने मालीलाई लिएर डीएसपी थापालाई भेट्न जाने सुचेनमान माली प्रहरीका बिचौलिया सुराकी हुन् । तत्कालीन विद्रोही माओवादीले सुराकी सफाया अभियान चलाउँदा २०५९ सालमा टेङ्गलमा एक जना सुराकीमाथि भौतिक आक्रमण भएपछि मालीमाथि कारबाही नचलाउन दबाब परेपछि जोगिएका थिए । तर, पनि उनले प्रहरीको सुराकी बन्न र बिचौलियाको काम गर्न छाडेका छैनन् ।

पत्रकार रिजाललाई भएको अभद्र व्यवहारको घटनामा कारबाही अघि नबढाउन उनले विनाकारण पत्रकार धम्क्याउने विजय मालीलाई बिदाको दिन पारेर डीएसपी थापा र मुद्दाको इन्सपेक्टर बस्नेतलाई भेटाएर कारबाही अघि बढ्न नदिने सेटिङ मिलाएका हुन् । उनी पनि विजय मालीजस्तै ठोस औपचारिक पेसा व्यवसाय नभएका व्यक्ति हुन् । उनी प्रहरीको लागि सुराकी, त्यसैको आडमा बिचौलिया र उठौतीपुठौती गर्ने व्यक्ति हुन् । सामाखुसी बसे पनि क्षेत्रपाटी क्षेत्रमा उनी डाक्टर, वकिल र पत्रकालाई सके आफैँ नसके अरु लगाएर धम्क्याएर आफ्नो रवाफ देखाउँदै आएका छन् । घैँटेनिकट माली उनको हत्यापछि काले बनेका हुन् ।

पत्रकार रिजालमाथि निरन्तरको मानसिक ‘टर्चर’पछिको अभद्र व्यवहारको घटनामा पीडक मालीविरुद्ध कारबाही अघि नबढाउन विनाकारण पत्रकार धम्क्याउने विजय मालीलाई बिदाको दिन पारेर डीएसपी थापा र मुद्दाको इन्सपेक्टर बस्नेतलाई भेटाएर कारबाही अघि बढ्न नदिने सेटिङ मिलाएका छन् ।

पत्रकार रिजालमाथि निरन्तरको मानसिक टर्चरपछिको अभद्र व्यवहारको घटनामा पीडक मालीविरुद्ध कारबाही अघि नबढाउन डीएसपी थापा र इन्सपेक्टर बस्नेतले अनेक बहानाबाजी मात्र गरेका छैनन् कि चेनअफ कमान्डको अवधारणालाई समेत खण्डित गरेको उनका गतिविधिले नै पुष्टि गरेको छ । डीएसपी थापााले मालीविरुद्ध अभद्र व्यवहारको किटानी जाहेरी पर्दा पनि उनले कारबाही अघि नबढाउनुको पछाडि सार्वजनिक बिदाको दिन गत १९ गते डीएसपी थापा, इन्स्पेक्टर बस्नेत, सुचेन माली र विजय मालीबीच भएको भद्र सहमति नै हो । त्यस दिन उनीहरूबीच पत्रकार रिजालले डा. मनोजमान श्रेष्ठसँग पैसा खाएको विजय माली र पत्रकार रिजालबीच लेनदेन विवाद रहेको जस्ता मनगणन्ते विषयमा छलफल भएको स्वयम् डीएसपी थापाले स्वीकारेका छन् । पत्रकार रिजालले उक्त आरोप पुष्टि गर्न डीएसपी थापा र बिचौलिया सुचेनमान मालीलाई चुनौती दिएका छन् ।

माली ब्रदरसँग डीएसपी थापाले गरेको सेटिङ जबरजस्ती कार्यान्वयन गर्न खोज्दा अहिले यसरी घटनाक्रम छताछुल्ल हुनपुगेको हो । यो घटनाले डीएसपी थापा र इन्स्पेक्टर बस्नेतको जनसेवाको टिमस्प्रिट कस्तो रहेछ भन्ने समेत छर्लङ्ग पारेको छ ।
पत्रकारमाथि अभद्र व्यवहार गर्ने मालीविरुद्ध किटानी जाहेरी परेको एक साता हुनलाग्दा पनि उनले कारबाही अघि नबढाउन व्यक्तिपिच्छे फरक–फरक दूषित विचार ओकल्ने प्रयास गर्दै आएका छन् । पत्रकार रिजालले मालीविरुद्धको किटानी जाहेरी गत २० गते उनकै कार्यकक्षमा डीएसपी थापाकै हातमा दिएका थिए र उनले उक्त जाहेरी आफ्नो विश्वासिलो इन्सपेक्टर श्यामकुमार बस्नतेको हातमा थमाएका थिए ।

उजुरी हातमा लिएपछि इन्सपेक्टर बस्नेतले उजुरीमा संलग्न यही कागजातका आधारमा पत्रकार रिजाललाई नै पक्राउ गरेर थुन्न मिल्ने धम्की दिएका थिए । एक दिनपछि दुवै जनालाई थुन्ने चेतावनी दिएका थिए र पत्रकार रिजालले उजुरी लिएर आएको पीडितलाई नै पक्राउ गरेर थुन्ने कानुन र तपाईँलाई अधिकार छ भने ढिला नगरी थुन्न चुनौती दिएका थिए । त्यसपछि र इन्स्पेक्टरको कार्यकक्षबाट उठेर डीएसपी थापाको कार्य कक्षमा प्रवेश गर्न लाग्दा चोथौ अङ्ग होस् कि पाँचौँ अङ्ग होस्, के मतलब भनेर डीएसपी थापाले भन्दै गरेको पत्रकार रिजालको कानमा परेको थियो ।

उनले त्यसो भन्दै गर्दा उनको कार्यकक्षमा कामनपा वडा नं १७ का वडा अध्यक्ष एवं काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धर, क्षत्रपाटी निःशुल्क चिकित्सालयका अध्यक्ष डा. मनोजमान श्रेष्ठ, चिकित्सालयकै सदस्य कपील श्रेष्ठलगायतका व्यक्तिहरू थिए । त्यसअघि डीएसपी थापाले उनीहरूलाई जकमा हालिदिने धम्की दिन भ्याइसकेका रहेछन् । डीएसपी थापा त्यसलगत्तै बाहिर निस्किएपछि उनीहरूले पत्रकार रिजाललाई सो कुरा बताएका थिए ।

अहिले उक्त जाहेरी लुकाइएको छ र त्यस दिन प्रहरीलाई जिम्मा लगाइएको मालीलाई त्यहाँबाट निकालेर बेपत्ता पारिएको छ । इन्सपेक्टर बस्नेतले त पत्रकार रिजाललाई नै तपाईँले जिम्मा लिएर गएको होइन भनी उल्टै प्रश्न गरेका छन् र होइन भनेपछि डीएसपी थापाले के गरेको हो उसैलाई सोध्नू भनी आफू उम्कने प्रयास गरेका छन् । डीएसपी थापाले चाहिँ पत्रकार रिजालले दिएको जाहेरी नमिलेको आँखाले हेरेको भनेर जाहेरी दिएको जाहेरी दर्ता नै नगरेको, जाहेरी दिएपछि फलोअप नगरेको निर्दोष व्यक्तिलाई फसाउन खोजेको जस्ता आरोप पूर्ण दूषित विचार फैलाउने दुष्प्रयास गर्दै आएका छन् ।

आफूलाई टौदहको खान्दानी थापाकाजी बनाउन रुचाउने डीएसपी थापाले आफ्नै हातले दिएको जाहेरी लुकाएर आरोपी मालीलाई उम्काउनु पछाडिको कारणचाहिँ यही वैशाख १९ गते सार्वजनिक विदाको दिन सुचेन माली र विजय मालीसँग गरेको भेटवार्तापछिका भद्र सहमति नै प्रमुख रहेको बुझिएको छ । एउटा पत्रकारमाथि भएको अभद्र व्यवहारको जाहेरीमा यस्तोसम्म गर्नसक्ने डीएसपी थापा र इन्स्पेक्टर बस्नेतको टिमस्प्रिटले अन्यत्र पहँुच नभएका सर्वसाधरणलाई कति सताइरहेका होला त्यो कल्पनाबाहिरको कुरा बन्न पुगेको छ ।


क्याटेगोरी : बिबिध, बिशेष, समाचार

तपाईको प्रतिक्रिया