विदेशी पर्यटकलाई नेपालमा बस्ने वातावरण मिलाउन आग्रह
पोखरा, साउन २०
पोखरा चेम्बर अफ कमर्स कास्कीले कोभिड–१९ को बढ्दो जोखिमलाई ख्याल गरी नेपालमा रहेका विदेशी पर्यटकलाई थप केही समय बस्ने वातावरण मिलाउन गण्डकी प्रदेश सरकारसँग अनुरोध गरेको छ । अध्यागमन विभागले २०७७ भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय उडान सञ्चालनमा आएसँगै भिसा अवधि सकिएका विदेशी पर्यटकलाई १५ दिनपछि नेपाल छोड्नुपर्ने नियम बनाएको सन्दर्भ जोडेर चेम्बरले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयसमक्ष त्यस्तो अनुरोध गरेको हो ।
पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारले अध्यागमन विभागले १७ जुन २०२० मा प्रकाशित सूचनाअनुसार अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्रको समयावधिमा सबै विदेशी पर्यटक फर्किन नसक्ने बताए ।
‘लकडाउनका कारण नेपालमा एक हजार ५ सयभन्दा बढी र पोखरामा लगभग ४ सय ४२ पर्यटक विविध कारणले बसिरहेका छन्, तत्काल भिसा समय थप गरी उनीहरुलाई बस्ने वातावरण मिलाउनुपर्छ’, सुनारले भने, ‘केही विदेशी पर्यटक आफ्नो मुलुकमा कोरोनाको प्रकोपको बढी रहेको र नेपालमै सुरक्षित महसुस गरी बसिरहेका छन्, यस्तो अवस्थामा मानवीय संवेदनालाई समेत ध्यान दिएर पर्यटकमैत्री वातावरण बनाउनुपर्छ, यो समयावधिमा सबै राष्ट्रमा सिधा उडान एकै पटक सम्भव नभएको सबै पर्यटक फर्कन सक्दैनन् ।’
मन्त्रालयसमक्ष प्रेषित अनुरोधपत्रमा नेपालमै रहेका विदेशी पर्यटक केही समय नेपालमै बस्दा कोरोना भाइरसका कारण जीर्ण भएको पर्यटन क्षेत्रलाई थोरै भए पनि राहत पुग्ने जिकिर गरिएको छ । कोरोना भाइरसका कारण नेपाल सरकारले २०७७ चैत ११ गतेदेखि मुलुकभर लगाएको बन्दाबन्दीका कारण सबै अन्तर्राष्ट्रिय उडान र सीमानाका बन्द रहेका छन् ।
नेपाल घुम्न आएका पर्यटक एकाएक भएको बन्दाबन्दीले घुम्न नपाएको र तत्काल फर्किँदा विमानस्थल, ट्रान्जिटमा कोरोनाको उच्च जोखिम रहेको भन्दै फर्किन चाहेका छैनन् । पोखरामा केही समयअगाडि विदेशी पर्यटकहरुले पत्रकार सम्मेलन गरेर नै तत्काल स्वदेश फर्किन नचाहेको बताएका थिए ।
क्याटेगोरी : बिबिध
ताजा अपडेट
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया