काठमाडौं, भदौ २
सेयर बजारमा करेक्सन देखिएको छ । अघिल्लो दिन १७ अंकले ओरालो लागेको सेयर बजार परिसूचक साताको दोस्रो कारोबार सोमबार भने १० दशमलव ७५ अंकले उकालो लागेर १४ सय दुुई दशमलव २१ अंकमा चढेको छ । क बर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव १४ अंकले उकालो लागेर दुुई सय ९० अंकमा चढेको छ । यसदिन एक सय ८४ कम्पनीहरूको कारोबार भएका छन् । जसअनुसार १६ हजार सात सय २४ वटा कारोबारमा ३५ लाख ९१ हजार ४८ कित्ता सेयर खरिदबिक्री हुँदा कुल कारोबार रकम एक अर्ब सात करोड ४९ लाख ३२ हजार पाँच सय ९७ रुपैयाँ पुुगेको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा यसदिन १२ वटा समूहको कारोबार भएका छन् । जसमध्ये जलविद्युुत् समूहको सूचक एक दशमलव ४७ अंकले ओरालो लागेर नौ सय ४८ दशमलव १५ अंकमा झरेको छ भने बाँकी समूहको सूचक उकालो लागेका छन् । यसदिन वाणिज्य बैंक समूहको सूचक छ दशमलव ५९ अंकले उकालो लागेर ११ सय ८८ दशमलव ९६ अंकमा चढेको छ भने विकास बैंक समूहको सूचक नौ दशमलव ९४ अंकले उकालो लागेर १७ सय ४३ दशमलव २६ अंकमा चढेको छ ।
यसैगरी निर्जीवन बीमा समूहको सूचक पनि एक सय ६२ दशमलव १३ अंकले उकालो लागेर छ हजार सात सय ६५ दशमलव ४८ अंकमा चढेकोमा जीवन बीमा समूहको सूचक पनि एक सय छ दशमलव २३ अंकले उकालो लागेर आठ हजार पाँच सय ४५ दशमलव ९३ अंकमा चढेको छ । यीबाहेक ट्रेडिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि क्रमशः सात दशमलव १३, १४ दशमलव १६, शून्य दशमलव १७, १५ दशमलव ८२, १० दशमलव ३७, सात दशमलव ६३ र शून्य दशमलव शून्य चार अंकले उकालो लागेका छन् ।
यसदिन कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको स्वदेशी लघुुवित्त वित्तीय संस्थाको सेयर मूल्य नौ रुपैयाँ ८९ पैसाले बढेर सात सय ६७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको घलेम्दी हाइड्रो पावर कम्पनीको सेयर मूल्य पनि सात रुपैयाँ १४ पैसाले बढेर ६० रुपैयाँमा किनबेच भएको छ । यीबाहेक जोशी हाइड्रोपावर कम्पनी, लक्ष्मी बैंक आदिको सेयर मूल्य पनि बढेका छन् । यसैगरी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको छ्याङदी हाइड्रोपावर कम्पनीको सेयर मूल्य चार रुपैयाँ ४० पैसाले घटेर ८७ रुपैयाँमा किनबेच भएको छ । दोस्रो स्थानमा परेको दिव्येश्वरी हाइड्रोपावर कम्पनीको सेयर मूल्य तीन रुपैयाँ ६४ पैसाले घटेर ५३ रुपैयाँमा किनबेच भएको छ । यीबाहेक निर्धन उत्थान लघुुवित्त वित्तीय संस्था, आईसीएफसी फाइनान्स आदिको सेयर मूल्य पनि घटेका छन् ।
यसदिन नेपाल बैकको सबैभन्दा बढी रकम कारोबार भएको छ । उक्त बैंकको प्रतिकित्ता दुुई सय ८३ रुपैयाँ अन्तिम मूल्यमा सात करोड ८० लाख ४२ हजार छ सय ४२ रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो स्थानमा परेको नेपाल पुनर्बीमा कम्पनीको प्रतिकित्ता पाँच सय ८८ रुपैयाँ अन्तिम मूल्यमा छ करोड ५८ लाख ३० हजार दुुई सय ८९ रुपैयाँको कारोबार भएको छ । यीबाहेक एनएमबी बैंक, कुुमारी बैक आदिको पनि बढी रकम कारोबार भएका छन् । नेप्सेका अनुसार यसदिन आईएमई जनरल इन्स्योरेन्स कम्पनीको छ प्रतिशतको दरमा छ लाख १२ हजार तीन सय ६० कित्ता बोनस सेयर सूचीकृत भएका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन
- सगरमाथा आधार शिविरतर्फ पठाइयो ‘विश्व शान्ति दीप’
- तीन विदेशी महिला दुई केजी छ सय ५४ ग्राम लागुऔषधसहित पक्राउ
- विकासलाई अगाडि बढाउन राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ: अध्यक्ष ओली
- आन्दोलनरत आम सम्पर्क मञ्च र भन्सा कार्यालय बिच बार्ता
- पूर्वप्रधानसेनापति सिंहको निधन
- भारतद्वारा इरान बन्दरगाह सम्झौतामा अमेरिकी प्रतिबन्धको धम्की अस्वीकार
- एनसेलको ‘सधैं अन’ नामक आकर्षक योजना
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया