बीरगञ्ज, भदौ १८
लामो प्रतीक्षापछि सरकारी मल प्राप्त गरेका किसानहरू खुशी हुनुभन्दा बढी दुःखी भएका छन् । साल्ट ट्रेडिङले कृषि सहकारी संस्थाहरूलाई बिक्री गरेको मूल्यभन्दा दोब्बर मूल्य किसानले बिक्रेता संस्थाहरूलाई तिर्नुपरेको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले मल कृषि सहकारी संस्थामार्फत उपलब्ध गराउँदा संस्थाहरूले किसानहरूसँग परल मूल्यभन्दा दुई गुना बढी लिएको किसानहरूको गुनासो छ । ५० किलो युरिया मलको मूल्य ७ सय ५० रूपैयाँ हो तर कृषि सहकारी संस्थाले १ हजार २ सय ५० रूपैयाँदेखि एक हजार पाँच सय रूपैयाँसम्म लिने गरेका छन् ।
जीराभवानी गापा–२ सेढवा र वडा नं. ३ नौकाटोलमा कृषि सहकारी संस्थाले प्रतिबोरा १ हजार २ सय रूपैयाँमा मल बिक्री गरेको किसानहरूले बताए । यसैगरी सोही गापाको वडा नं. ४ सुपौलीमा भने ८ सय रूपैयाँमा प्रतिबोरा युरिया मल बिक्री गरेको सुपौली सहकारी संस्थाका संयोजक दीपक चौधरीले बताए ।
पटेर्वासुगौली गापा–३ देकुली र ४ सुगौलीमा प्रतिबोरा १ हजार ५ सय रूपैयाँसम्ममा खरिद गरेको किसानहरूले बताएका छन् । मल आवश्यक भएको र बढी मूल्य तिर्नुपरेको उनीहरूको भनाइ छ । सीमा सिल भएकोले भारतीय बजारबाट मल ल्याउन कठिनाइ भइरहेको अवस्थामा सरकारले साल्ट ट्रेडिङमार्फत मल उपलब्ध गराएको सूचना थाहा पाउँदा खुशी भए पनि परल मूल्यभन्दा दोब्बरमा खरिद गर्नुपर्दा दुःखी भएको उनीहरूको भनाइ छ ।
पटेर्वासुगौली–३ देकुलीका भागवत चौधरीले किसानलाई आवश्यक परेको बेला सरकारी अनुदानमा आएको मल सहकारी संस्थामार्फत दोब्बर मूल्यमा खरिद गर्नुपर्ने बाध्यता सृजना भएकोमा आपत्ति जनाए । उनले लकडाउन, निषेधाज्ञाको बेला किसानलाई आवश्यक मल, कीटनाशक औषधिको स्थानीय तहबाट जोहो गरिनुपर्ने तर संस्थाहरूले बढी मूल्यमा बिक्री गर्दा कारबाही नगरिएकोमा गुनासो गरे ।
जीराभवानी गापा–२ सेढवास्थित बजरङ्ग खाद भण्डारका सञ्चालक सत्यनारायण साहले साल्ट ट्रेडिङ कर्पोरेसनले युरिया मलका साथै जिंक पनि खरिद गर्नुपर्ने बाध्य पारेको बताए । वीरगञ्जबाट गाउँसम्म ल्याउँदा ६ ठाउँमा सुरक्षाकर्मी र टोलका दादाहरूले रङ्गदारी लिने गरेकोले युरिया मल महंगोमा बिक्री गर्नुपरेको उनको भनाइ छ । उनले ६ ठाउँमा प्रहरीले ट्याक्टर रोकेर रकम लिएपछि मात्रै छाडेको दुःखेसो पोखे । मलमा समेत प्रहरीले रङ्गदारी लिएको उनको आरोप छ ।
क्याटेगोरी : सहकारी–कृषि
ताजा अपडेट
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
- महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री
- सत्ता गठबन्धन आगामी निर्वाचनसम्म रहन्छ : एमाले नेता भट्टराई
- वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी
- बागलुङमा सुन्तला खेतीप्रति कृषकको आकर्षण
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया